
पोखरा-नेपाल आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेशले पाँचौ एनसेल टाईगर कप भलिबल प्रतियोगिताको फाईनल प्रवेश गर्दा महिला तर्फ पनि आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालले टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबलाई पराजित गर्दै फाइनल सुरक्षित गरेको छ ।
आर्मीसँगको कडा प्रतिस्पर्धामा गण्डकी प्रदेशको प्रदर्शन शनिबार निकै उत्कृष्ट रह्यो । हिमाल सुनारीको ब्लक र सन्जुविक्रम शाहको स्पाईकमा गण्डकीले आर्मीलाई दबाव बनाउँदै ३-१ को सेटले पन्छाउँदै उपाधि प्रतिस्पर्धा पक्का गर्यो । उपाधिको लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छ भने महिला तर्फ आयोजक टाईगर ग्रुपले सशस्त्र प्रहरी बलसँग खेल्ने छ ।
पहिलो सेट गण्डकी प्रदेशले २५-१६ मा लिदैं गतिलो शुरुवात गर्यो । तर दोस्रो सेट भने आर्मीले आफनो पक्षमा पार्यो । गण्डकी २२-२५ मा गुमाउँदे प्रतिस्पर्धा अझ रोचक बन्ने अपेक्षामा गयो । तर तेस्रा सेटमा भने आर्मीको अधिकांश स्पाईकलाई हिमाल सुनारीले ब्लक गर्दै अंक दिलाएपछि २५-१५ मा गण्डकीले आफनो पक्षमा पार्यो । निर्णायक खेलमा आर्मीले आफनो सर्भिस प्वान्ट समेत गुमाउँदा गण्डकीलाई तेस्रो सेट सहज जित उन्मुख बन्न पुग्यो । चौथो सेट भने प्रतिस्पर्धा बन्ने देखिएको थियो । चौथो सेटमा शुरुवाती अग्रता गण्डकीले लिएको थियो । तर बीचमा आईपुग्दा आर्मीले दुई अंकको अग्रता कायम गर्यो । १३-१५ को अवस्थामा पछि परेको गण्डकीले कमब्याक गर्दै जित सुनिश्चित बनायो । गण्डकीले २५-१९ ले लिदैं फाईनल पक्का गर्दा आर्मी तेस्रो स्थानमा चित्त बुझायो ।

टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबलाई हराउँदै आयोजक टोली पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा न्यू डायमण्डलाई ३–१ सेटले पराजित गर्दै आयोजक टोलीले फाइलन यात्रा तय गरेको हो ।
पहिलो सेट १६–२५ ले गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फाईनल यात्रा सुरक्षित ग¥यो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो २५–१५ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । आयोजक टोलीले अब उपाधिका भोलि सशस्त्र प्रहरी बल एपीएफसँग खेल्नेछ । पराजित भएको न्यू डायमण्ड तेस्रो बनेको छ । तेस्रो बनेको न्यू डायमण्डले १ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…