
पोखरा-आयोजक टाईगर ग्रुुप अफ पोखरा नेपालले घरेलु कोर्टमा पहिलो उपाधि आत्मसात गरेको छ । महिला तर्फ साविक विजेता सशस्त्र प्रहरी बललाई पराजित गर्दै आयोजक टोलीले पाँचौ एनसेल टाईगर कप भलिबल प्रतियोगिताको उपाधिमा नाम लेखायो ।
लिगचरणमा व्यहोरेको हारको बदला समेत आयोजक टाईगर ग्रुपले फाईनलमा लियो । आईतबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा आयोजक टाईगर ग्रुपले ३–२ को सेटमा नजिता निकाल्यो ।
पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कियो । तर तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचौ सेट धकेलिएको थियो । पाँचौं सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकाल्दै उपाधि चुम्न सफल रह्यो । पहिलोपटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमै उपाधि चुमेको हो । उपाधि जितेको टाइगर ग्रुपले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो । फाइनलमा पराजित भएको एपिएफले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…