
पोखरा-पोखरा क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई १११ रनले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा सुवास भण्डारीको अविजित ७३ बनाएपछि ५ विकेटको क्षतिमा १८५ रनको विशाल योगफल तयार पार्यो ।
उत्कृष्ट व्याटिङलाई दोहोर्याएका सुवासले चौथो नम्बरमा आउँदै अविजित खेले । ४३ बल खेल्दै उनले ६ चौका र ३ छक्का प्रहार गरे । ओपनर मुस्कान थापाले ४२ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए । अर्धशतकसँगै गतिलो शुरुवात दिलाएपछि भण्डारीको प्रदर्शन लोभलाग्दो रह्यो । लेखनाथका सुशिल सुवेदीले ३ विकेट लिए ।
विशाल लक्ष्य पछ्याएको लेखनाथ युथ क्रिकेट क्लबलाई ७४ रन समेट्दै फराकिलो जित पोखराले निकाल्यो । प्रेम गुरुङले ४ विकेट लिएपछि धरासायी बन्न पुगेको लेखनाथ युथ क्रिकेटका लागि सुशिल सुवेदीले १५ र सुनिल रानाभाटले १३ रन बनाए । सुवास भण्डारीले पनि आफनो बलिङ स्पेलमा २ विकेट लेखाए ।
यसैगरी दोस्रो खेलमा सांग्रिला क्रिकेट क्लबले लेकसाईड क्रिकेट क्लबलाई ५२ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको सांग्रिलाले ओपनर विराट दुवाडी र सिब्रिन श्रेष्ठले ३७ र ३१ रनको गतिलो शुरुवात दिलाएपछि १३४ रनको लक्ष्य प्रस्तुत गर्यो । दुवाडीले ३२ बल खेल्दै ६ चौका प्रहार गर्दा श्रेष्ठले पनि १७ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । चौथो नम्बरमा आएका सुदिप पौडेलले १६ रनको योगदान गरे । सन्देश शाहीले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिए ।
१३५ रनको लक्ष्य पछ्याएको लेकसाईड क्रिकेट क्लब ८२ रनमा समेटियो । घनश्याम पाण्डेले ४ ओभरमा १६ दिएर ४ विकेट तथा सिब्रिन श्रेष्ठले ३ विकेट लिएपछि लेकसाईड सस्तैमा समेटिन पुग्यो । हरिंशकर तिवारीले अविजित १५ रन बनाउँदा निशामुद्धिन शेख र सन्देश शाहीले पनि समान १५ रनको योगदान गरे । यद्यपी अन्य व्याटरको प्रदर्शन सम्झनलायक देखिएन् । खेलमाा घनश्याम पाण्डे प्लेयर अफ दि म्याच घोषित भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…