
पोखरा-पोखराको हिमालयन बोर्डिङ स्कुलले शनिबार पोखरामा सम्पन्न भएको चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ को उपाधि जितेको छ ।
पोखराको ड्याम साइड क्लवको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा हिमालयनले एल.पी. देवकोटा मेमोरियल स्कुललाई २—० को गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । हिमालयनको जितमा रितेस आले र म्यान अफ दी म्याच घोषित संगम गुरुङले एक÷एक गोलको योगदान गरे ।
तेश्रो स्थानको लागि शनिबार भएको खेलमा ढुंगेसाँघु बोर्डिङ स्कुलले जानकी माविलाई ३—० को गोल अन्तरले पराजित गर्दै तेश्रो भएको छ । ढुंगेसाँघुको जितमा सुजन शिखाकार, म्यान अफ दी म्याच घोषित विकल मगर र सुवास बि.के.ले एक÷एक गोल गरेका थिए ।
त्यसै गरी शनिबार पोखरा १७ का जनप्रतिनिधिहरु सहितको टोली र क्लवका सदस्यहरु बिच भएको मैत्रिपूर्ण फुटवल खेलमा जनप्रतिनिधिहरुको टोलीले ३—० ले जित हासिल गरेको प्रतियोगिताका संयोजक विनोद परियारले बताए ।
प्रतियोगितामा हिमालयन बोर्डिङ स्कुलका संगम गुरुङ उत्कृष्ट खेलाडी घोषित हुनु भयो । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट डिफेण्डरमा एल.पी. देवकोटाका सौरभ मगर, उदीयमान खेलाडीमा एल.पी.कै आर्दश थापा, उत्कृष्ट मिडफिल्डरमा हिमालयनका बादल राना, उत्कृष्ट स्टाइकरमा हिमालयनका रितेस राना, सर्वाधिक गोलकर्ताको उपाधि (८ गोल गर्नु भएको) हिमालयनका संगम गुरुङ, उत्कृष्ट गोलरक्षकमा हिमालयनकै रोहन गुरुङ, उत्कृष्ट प्रशिक्षकमा हिमालयनका रामबहादुर क्षेत्री घोषित भए । प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्नु भएको महासचिव राकेश श्रेष्ठले बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…