
पोखरा-बैकल्पिक खेलाडी चम्किदाँ अपी पावर चर्च ब्वाईज युनाईटेड सेमिफाईनल सुरक्षित हुदाँ त्रिभुवन आर्मी क्लब २४ औं संस्करणको आहा रारा गोल्डकपबाट विदाई लियो । पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा राजु भुषालले खेल सकिन एक मिनेट बाँकी रहँदाँ गोल गरेपछि चर्च ब्वाईजले सेमिफाईनल यात्रा तय गर्यो । अतिरिक्त समयमा धकेलिने सम्भावना रहेको खेलमा चर्चले पाएको अन्तिम कर्नरलाई सदुपयोग गर्दै आर्मीको गोल्डकप यात्रालाई विट मार्न पर्याप्त बन्यो ।
नविन लामाले कर्नर किक हाने । कर्नरबाट आएको बललाई भुषालले सेकेण्ड बारमा हेड गर्दै गोल गरे । उनको गोल निर्णायक बन्यो । चर्च ब्वाईज सेमिफाईनल प्रवेश पाउँदा आर्माी पोखराको मैदानमा अभागी बन्यो । भुषाल पहिलो हाफमा रोशन कार्कीको स्थानमा पहिलो हाफको मध्यतिर मैदान छिरेका थिए ।
आर्मीले पाएको केही अवसरलाई सदुपयोग गर्न नसक्दा पराजय टार्न सकेन् । जिलेस्पीजंग कार्कीको पासमा दिनेश हेमजनको हेडलाई बचाउ हुन पुग्यो । ३० औं मिनेटमा दिनेश हेमजनको फ्रिकिकलाई निराजन धामीले हानेको हेडबल क्रसबार माथिबाट बाहिरियो ।
चर्च ब्वाईजले २३ औं मिनेटमा अवसर गुमाउँदा अग्रताबाट बन्चित भयो । नविन लामाको प्रहार मिलन राईको हेड बाहिरिन पुग्यो । ४८ औं मिनेटमा अवायोमीको क्रसपासलाई समीर तामाङले वान भर्सेस वानको अवस्थामा पनि गोल गर्नबाट चुके ।
सहारा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको मंगलबार अन्तिम क्र्वाटरफाईनल दुई पाहुना टोली बीच प्रतिस्पर्धा हुने छ । सिक्किमको थण्डरबोल्ट नर्थ युनाईटेडले उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्ने छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…