
पोखरा-नेपाल पुलिस क्लबले ११ औं पटक फाईनल खेल्दा उज्वेकिस्तानको ब्ल्याक बुल्स पहिलो पटक पोखराको मैदान फाईनल खेल्दै छ । शनिबार यी दुई बीच २४ औं संस्करणको आहा रारा गोल्डकप फाईनल हुदैं उपाधि छिनोफानो हुदैं छ ।
पुलिस पोखराको मैदानमा निकै भाग्यमानी छ । खेलले पनि भाग्यले साथ दिदैं आएको पुलिस शनिबार उपाधि जित्दै इतिहास रच्ने दाउ छ । उज्वेकिस्तानी टोलीले पनि विदेशी भूमिमा पहिलो पटक उपाधि उचालेर फर्किने लक्ष्यमा छ । दुवैको योजना र लक्ष्य भने शनिबारको फाईनल खेलले देखाउने छ ।
दुवै टोलीको चाहना उपाधि नै हो । तर शनिबारको खेलले नै तय गर्ने छ उपाधिको छिनोफानो । पुलिस आफनो गर्विलो इतिहास जोगाउने उद्दत छ । विदेशी टोली भने प्रतियोगितामा सहभागिता टोली मध्ये केही बलियो देखिन्छ । स्वदेशी क्लबका विदेशी खेलाडीलाई समेत रोक्ने क्षमता उज्वेकिस्तानी टोलीको छ । भेटेको बललाई फिनिसिङ टच दिने सक्ने स्ट्राईकर छन् । दुई खेलमा जिरो एंगलबाट सेकेण्डबारमा गोल गरेको क्षणले पनि उज्वेकिस्तानी टोलीको फिनिसिङ अब्बल छ भन्ने देखाउँछ । त्यसो त नेपाल पुलिस क्लबले पनि पाएको अवसरलाई सदुपयोग गर्न सक्छन है भन्ने प्रमाणित गरिसकेका छन् ।
पुलिसले उज्वेकिस्तानको डिफेन्स लाईन तोड्न सक्नुपर्छ भने विदेशी टोलीको स्ट्राईकरलाई रोक्ने रणनीति अवलम्बन गर्नुपर्ने देखिन्छ । यद्यपी दुवैले फाईनल अघि आफनो खेल रणनीति भने पक्कै बनाउने छन् ।
सहारा क्लबको आयोजना हिमश्री फुड्सको उत्पादन रारा चाउचाउको मुख्य प्रायोजन, जयःी फुड्सको सहप्रायोजनामा आयोजित प्रतियोगिताले शनिबार उपाधिको छिनोफानोसहित विट मार्ने छ । विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…