
पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की जिल्ला टी–२० क्रिकेट लिग प्रतियोगितामा राईजिङ क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ४१ रनले पराजित गर्दा कास्की क्रिकेट क्लबले भने अपराजित यात्रा कायम राख्दै आईतबार लेखनाथ युथ क्रिकेट क्लबलाई १८८ रनले पराजित गरेको छ ।
पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा राईजिङले टस हार्दै नविन पोखरेलको अर्धशतकीय पारीमा ४ विकेटको क्षतिमा १३० रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो । पोखरेलले ५४ बल खेल्दै ५६ रन बनाए । उनले ८ चौका प्रहार गरे । अनिष राउतले ३२ रन बनाए । प्रवीण पौडेलले २ विकेट लिए ।
१३१ रनको लक्ष्य पछ्याएको अरण्यज्योति भने ८९ रनमा समेटियो । ओपनर अनिकेत गजुरेलले ५४ बल खेल्दै २६ रन बनाए । प्रवीन पौडेलले १६ र मुकेश गुरुङले १५ रनको योगदान गरे । अन्य व्याटर भने प्रभावकारी प्रदर्शन रहेन् । अनिष राउतले ४ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दे १४ रन खर्चिए । उनी प्लेयर अफ दि म्याच घोषित भए ।
यसैगरी अर्को खेलमा कास्की क्रिकेट क्लबले टस जित्दै व्याटिङ गर्ने क्रममा ५ विकेटको क्षतिमा २३४ रन बनायो । ओपनर सोहेल कुँवर र अर्जुन कुमालले पहिलो विकेटको लागि १४४ रनको साझेदारी निभाए । उनीहरुको अर्धशतकको मद्धतमा कास्कीले विशाल लक्ष्य प्रस्तुत गर्यो ।
कुँवरले ३७ बल खेल्दै ९ चौका र ३ छक्काको मद्धतमा ७४ रन बनाए । कुमालले पनि ३९ बल खेल्ने क्रममा ११ चौकार २ छक्कासहित ७६ रनको पारी खेले । रोहित चन्दले तेस्रो नम्बरमा आएर अविजित ४५ रन बनाए । सन्दीप शर्माले ३ र प्रताप थापाले २ विकेट लिए ।
२३५ रनको लक्ष्य पछ्याएको लेखनाथ युथ क्रिकेट क्लब भने ४६ रनमा समेटियो । विश्वास पराजुलीले ४ ओभरमा केवल ७ रन दिए र४ विकेट लिएपछि लेखनाथ धरासायी बन्यो । नितेश गिरीले पनि ४ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ३ विकेट लिएपछि लेखनाथ सस्तैमा समेटियो । लेखनाथका लागि साहिल पौडेलले १४ रन बनाए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…