
पोखरा-भोलि बुधबारदेखि पोखरा रंगशालामा फेरी क्लबस्तरीय फुटबल प्रतियोगिता शुरु हदैं छ । कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबहरु बीचको फुटबल प्रतियोगिता शुरु हुदैं छ । आयोजना भने संगम क्लबले गर्ने छ ।
संगम कप फुटबल प्रतियोगिताको ९ औं संस्करणको प्रतियोगिताको उदघाटन खेल आयोजक संगम क्लबले हेमजा युनाईटेडसँग प्रतिस्पर्धा गर्ने छ । पूर्व राष्ट्रिय खेलाडी विल तामाङको स्मृतिमा संगम कप आयोजना गर्दै आएको छ ।
क्लबले कास्की जिल्ला फुटबल संघमा आवद्ध १२ क्लब बीच प्रतिस्पर्धा हुने छ । संघमा आवद्ध १२ क्लबले सहभागिता जनाउने पाउने प्रावधान रहेको उल्लेख गर्दै क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङले राष्ट्रियस्तरका खेलाडी अनुबन्धन गरी समावेश गर्न सक्ने जनाए । सहभागि क्लबले ए डिभिजनसहित राष्ट्रियस्तरका कुनैपनि खेलाडीलाई अनुबन्धन गर्न पाउने जनाउँदै विदेशी खेलाडीलाई भने समावेश गर्न नपाउने प्रावधान रहेको जनाएको छ ।
प्रतियोगितामा विजेताले २ लाख रुपैयाँ नगद प्राप्त गर्दा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । विभिन्न विधागत पुरस्कार समेत प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले जानकारी दिए ।


पोखरा-क्याराभान गोल्डकपबाट सहाराले गोल्डकपको बामे सार्न थालेको २५ वर्ष पुरा गर्ने क्रममा पहिलो पटक सहाराले पाहुना टोलीलाई उदघाटन खेलमा सत्कार गर्ने तयारी गरेको छ । आईतबार सार्वजनिक गरिएको खेल तालिका अनुसार क्लबले पहिलो पटक विदेशी टोलीसँग उदघाटन खेल्दै…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…