
पोखरा- फागुन दोस्रोसातादेखि प्रदेशस्तरीय प्रधानमन्त्री कप एकदिवसीय पुरुष प्रादेशिक क्रिकेट प्रतियोगिताको तयारीको लागि कास्की जिल्ला क्रिकेट संघले २४ जना खेलाडीलाई बन्द प्रशिक्षणको लागि बोलाएको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा बुधबार देखि बन्द प्रशिक्षण हुने छ । बन्द प्रशिक्षणबाट कास्की जिल्लाको टोली छनोट गरिने समेत कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।
कास्की जिल्ला क्रिकेट संघले दुई दिन अघि मात्रै क्लबस्तरीय टी–२० क्रिकेट लिग आयोजना गर्यो । लिगमा सांग्रिला क्रिकेट क्लब च्याम्पियन बन्यो । यद्यपी संघले ८ वटा क्लबबाट छनोटमा परेका २४ जनालाई बन्द प्रशिक्षण शुरु गर्ने जनाएको छ । बन्द प्रशिक्षणमा जिल्लाका प्रशिक्षक दिपेश खत्रीले प्रशिक्षण दिने छन् । बन्द प्रशिक्षणबाट १४ जना खेलाडीहरु छनोट गरी कास्कीको टोली बनाईने छ ।
बन्द प्रशिक्षणका लागि विपिन खत्री, अनिल गुरुङ, अर्जुन कुमाल, सुवास भण्डारी, कृष्ण पौडेल, विश्वास पराजुली, आशिष न्यौपाने, विमलविक्रम खत्री, प्रमोद बास्तोला, सफल श्रेष्ठ, प्रदीप पौडेल, सुदीप पौडेल, रोहित चन्द, मुस्कान थापा, अन्जन केसी, समीर भुजेल, देव साह, सुवास बास्तोला, सुशिल सुवेदी, अभिषेक थापा, नितेश गिरी, प्रवीण पौडेल, विष्णुप्रसाद शर्मा र अरुण अधिकारी रहेका छन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…