
पोखरा-दुई पोखरेली धावक सहभागिता जनाएको साफ क्रस कन्ट्री च्याम्पियनसिपमा तेस्रो स्थान प्राप्त गरेका छन् । नेपालको प्रतिनिधित्व गर्दै फेब्रुअरी २३ मा पाकिस्तानको इस्लामावादमा सम्पन्न भएको यु २० तर्फ ८ किलोमिटर प्रतिस्पर्धाको लागि बादल कार्की र कृष्णबहादुर परियारसहित नेपाली टोली तेस्रो स्थान प्राप्त गरेको हो ।
नेपाली टोलीले २७.५८.१९ मिनेटमा पार गर्दै तेस्रो स्थान प्राप्त गरेको हो । उक्त समय सहभागि मध्ये बादल कार्कीको समय हो । प्रतिस्पर्धामा पाकिस्तानले स्वर्ण र श्रीलंकाले रजत पदक प्राप्त गरेका छन् ।
एथलेटहरुलाई कास्की जिल्ला एथलेटिक्स संघले दुई दिन अघि मात्रै विदाई गरेको थियो । संघका सचिव सिद्धान्त अधिकारीका अनुसार बादल र परियारसँगै कर्णाली प्रदेशका अजय विक समेत प्रतिस्पर्धामा सहभागि थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…