
पोखरा-नेपालमा मुआथाई खेल व्यवसायिकता तर्फ उन्मुख भईरहेको अवस्थामा मुआथाई संघ कास्कीले युवालक्षित प्रशिक्षण कार्यक्रम अगाडि बढाएको छ । संघले भर्खरै एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै आगामी चैत २० गतेदेखि निशुल्क मुआथाई समर क्याम्प गर्ने निर्णय गरेको छ । समर क्याम्प एकैसाथ दुई ठाँउमा शुरु हुने छ । पोखरा रंगशालामा र लेखनाथमा एकैसाथ समर क्याम्प शुरु गरिने प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारले जानकारी दिए ।
‘विगतको वर्षमा झैं एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै ४० घण्टाको निशुल्क क्याम्प सञ्चालन गर्ने छौं ।’ उनले सुनाए । मुआथाईका अर्का प्रशिक्षक विजय गुरुङका अनुसार दैनिक ४ घण्टा प्रशिक्षण गराईने छ । विहान दुई र साँझ दुई घण्टा प्रशिक्षण गराईने उनले बताए । उनले विहान र बेलुकी गरेर एकसय भन्दा बढी प्रशिक्षार्थी प्रशिक्षणको लागि आउने अपेक्षा गरिएको जानकारी दिए ।

मुआथाई निशुल्क प्रशिक्षणसँगै जुनसुकै उमेर समूहलाई पनि आत्मरक्षा तालिम समेत प्रदान गरिने छ । पोखरा रंगशालामा प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारसहित विजय गुरुङ र प्रदेश खेलकुद परिषद गण्डकीकी प्रशिक्षक ज्योति मल्लले प्रशिक्षण गराउने छन् । लेखनाथमा सुवास खड्काले प्रशिक्षण दिने छन् ।
पोखरामा २०६४ सालमा भित्रिएको मुआथाईको प्रमुख प्रशिक्षक गोदार नेपालकै प्रमुख प्रशिक्षक समेत हुन् । उनकै अगुवाईमा पोखरामा भित्रिएको मुआथाईले विभिन्न देशमा प्रतियोगितामा सहभागिता जनाई पदक जितेर फर्किसकेको छ । २०७५ सालमा कोरियामा कुमार थापा मगरले रजत पदक जितेर फर्किएका थिए । त्यस्तै टर्कीको इस्तानाबुलमा तुलसी थापामगरले कास्य पदक जितेका थिए । त्यस्तै मकाउमा आयोजना भएको मुआथाई प्रतिस्पर्धामा कमल क्षत्रीले सहभागिता जनाएका थिए । तीनै प्रतिस्पर्धामा प्रमुख प्रशिक्षकको जिम्मेवारी दिपकबहादुर गोदारले लिएका थिए ।

संघले मुआथाई रेफ्री सेमिनार समेत गर्ने योजना बनाएको छ । राष्ट्रियस्तरको रेफ्री सेमिनार समेत गरिने प्रशिक्षक विजय गुरुङले जानकारी दिए । मुआथाई संघ कास्की यतिबेला आगामी मे २२ देखि जुन १ सम्म टर्कीको एन्टालियमा आयोजना हुने सिनियर वल्र्ड मुआथाई च्याम्पियनसिप र यु २३ डिभिजन च्याम्पियनसिपमा सहभागिता जनाउने खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । पोखराका दिपेश गुरुङ(५५ केजी) र संगम कायस्थ(७२ केजी) ले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । अन्तराष्ट्रियस्तरको प्रतिस्पर्धामा सहभागि खेलाडीलाई महानगर, जिल्ला खेलकुद तथा प्रदेश खेलकुद परिषद गण्डकीबाट सहयोगत हुने अपेक्षा समेत संघले गरेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…