
काठमाडौं-पारा टेबल टेनिस खेलाडी स्विकृती न्यौपानेले काठमाण्डौमा आयोजना भएको प्रथम नेशनल ओपन ईन्क्लुसिभ टेबल टेनिस टुर्नामेन्टमा चौथो स्थान हात पार्न सफल भएकी छिन् ।बिश्व टेबल टेनिस डे को अवसरमा आयोजित प्रतियोगितामा पारा खेलाडी स्विकृती सवल खेलाडीहरुको माझबाट चौथो स्थान हात पार्न सफल भएकी हुन् ।
प्रतियोगितामा पहिलो स्थान एपिएफका राजीव चिकबन्जारा, दोश्रो र तेश्रो स्थानमा स्थानमा नक्साल टेबल टेनिस क्लबका रक्त चन्द्र मानन्धर र धर्म राज थापा रहे ।
राष्ट्रिय शारीरिक अपाङ्गता टेबल टेनिस संघका उपाध्यक्ष लक्ष्मण नेपालीको पहलमा राष्ट्रिय शारीरिक अपाङ्गता टेबल टेनिस संघ र आइटिटिएफ फाउन्डेशनको सहकार्यमा भएको प्रतियोगितामा विभिन्न सपाङ्ग र अपाङ्गता भएका गरि ३४ खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको मुख्य उद्धेश्य सपाङ्ग र अपाङ्गता भएका खेलाडीहरुलाई एकै स्थानमा उपस्थित गराई अपाङ्गगता भएका खेलाडीहरुलाई पनि सपाङ्गलाई झै अवसर प्रदान गर्न सकेमा सपाङ्गझै अगाडी बढ्न सक्छन भन्ने जनचेतना अभिबृद्धि गर्नु हो । यो प्रतियोगिता मात्र नभई सपाङ्ग र अपाङ्गता भएकाहरुलाई एकै मञ्चमा उतार्दै शारीरिक कारणले अपाङ्गहरु भिन्न होईनन् र उनीहरुलाई पनि खेलकुदको मुख्य अंग बनाउनु पर्छ भन्ने भावना हो ।
बिजयी खेलाडीहरुलार्य राखेप प्रतियोगिता तथा योजना विभागका प्रमुख मिन शर्माले पुरस्कार वितरण गरेका थिए । बिश्व टेबल टेनिस डे यहि अप्रिल २३ तारिख बुधबार हो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…