
पोखरा-अण्डर १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिताको उपाधि जनप्रिय सेकेण्डरी स्कुलले जितेको छ । आईतबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल प्रतिस्पर्धामा जनप्रियले सृजना बोर्डिङलाई ९ विकेटले पराजित गर्दै उपाधि उचाल्यो ।
सृजनाले पहिलो इनिङ शुरु गर्दै ८७ रनको लक्ष्य प्रस्तुत गर्यो । अघिल्लो खेलमा निकै उत्कृष्ट व्याटिङ गरेका सोनु यादवले ३२ रन बनाए । उनले २३ बल खेल्दै ५ चौका प्रहार गरे । उनको प्रतियोगिता अवधिमै उत्कृष्ट व्याटिङ देख्न पाईयो । त्यस्तै किरण क्षत्रीले केवल ७ रन मात्रै बनाए । टस हारेर व्याटिङ गरेको सृजनालाई सस्तैमा समेटन् जनप्रियका मौसम भट्टराईले ३ विकेट लिए ।
८७ रनको लक्ष्य पछ्याएको जनप्रियका ओपनर यथार्थ पौडेल र मौसम भट्टराईको जितको आधार तयार बनाईदिए । पौडेलले ३३ बलमा ८ चौका सहित ३९ रन बनाए । भट्टराईले पनि २५ रन बनाउन ३७ बल खेले । प्रतियोगितामा कास्कीका ५ विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा हिमालयन बोर्डिङका सुदर्शन कोईराला बेष्ट बलर घोषित भए । जनप्रियका मौसम भट्टराई(११११ रन)बेष्ट व्याटर घोषित भए । उनी प्लेयर अफ दि सिरिज समेत बने । फाईनल खेलको प्लेयर अफ दि म्याच पनि भट्टराई नै घोषित भए ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगिताका विजेता तथा उपविजेता विद्यालयलाई राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य डा.मधुसुदन सुवेदी, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल, गण्डकी प्रदेशका क्रिकेट प्रशिक्षक रिजन प्रजु तथा प्रतियोगिताका संयोजक जिम्मी गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
कास्की जिल्ला क्रिकेट संघले सोमबारदेखि अण्डर १६ को लागि खुल्लासत्रको प्रशिक्षण शुरु गर्ने जनाएको छ । संघका सदस्य कमल थापामगरका अनुसार दुई दिनको खुल्लासत्रपछि छनोट गरिएको खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने छ । बन्द प्रशिक्षणबाट प्रदेशमा सहभागिता जनाउने कास्कीको टिम तयार पारिने छ ।


पोखरा-क्याराभान गोल्डकपबाट सहाराले गोल्डकपको बामे सार्न थालेको २५ वर्ष पुरा गर्ने क्रममा पहिलो पटक सहाराले पाहुना टोलीलाई उदघाटन खेलमा सत्कार गर्ने तयारी गरेको छ । आईतबार सार्वजनिक गरिएको खेल तालिका अनुसार क्लबले पहिलो पटक विदेशी टोलीसँग उदघाटन खेल्दै…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…