
पोखरा-पोखरा रंगशालाभित्र पहिलो पटक खेलाडीहरुको आखाँको निशुल्क परीक्षण गरियो । मदन भण्डारी स्पोर्टस एकेडेमीले शनिबार पोखरा रंगशालामा खेलाडी, अफिसियल तथा अभिभावकहरुको आखाँको निशुल्क परीक्षण गरियो ।
पोखरा रंगशालामा यस अघि २०७६ सालमा कोभिडको समयमा कोरोनाको खोप लगाउने काम गरिएको थियो । पोखराको हिमालय आखाँ हस्पिटलको प्राविधिक सहयोगमा विभिन्न खेलमा आवद्ध खेलाडीहरुले आफनो आखाँलाई परीक्षण गराएका थिए ।
आखाँ निशुल्क परीक्षण शिविरमा ७ जना खेलाडीलाई मोतिया बिन्दु भएको भेटिएको दृष्टि विशेषज्ञ अनिष अधिकारीले बताए ।उनका अनुसार मोतियाविन्दु भएका खेलाडीहरुलाई हिमालयन आखाँ अस्पतालमा थप उपचारको लागि रिफर गरिएको थियो ।
शिविरमा ३४७ जना खेलाडी, अफिसियल तथा अभिभावकहरुको परीक्षण गरिएको थियो । ३९ जनामा दृष्टि दोष देखिएको थियो । केही अल्प दृष्टि र केही दुर दृष्टिको समस्या रहेको पाईएको उनले सुनाए । । ‘परीक्षणको क्रममा ११ जनामा आखाँमा मासु पलाएको पाईयो ।’ उनले बताए । ३९ जनालाई चष्मा प्रदान गरिएको थियो । १९१ जनालाई औषधी वितरण गरिएको स्पोर्टस एकेडेमी गण्डकीका उपाध्यक्ष सुजन आचार्यले जानकारी दिए । उनका अनुसार निशुल्क परीक्षणमा ९८ जनाको आखाँ भने सामान्य रहेको पाईयो । आखाँ परीक्षणलाई औषधी तथा चष्मा भने मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकीका उपाध्यक्ष आचार्यले व्यवस्थापन गरेका थिए ।
दृष्टि विशेषज्ञ अनिष अधिकारी, रोशना भोजु, झरना बुढा र रितिका किजुले आखाँको परीक्षण गर्नुभएको थियो । पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले आफनो आखाँको परीक्षण गराउँदै शुभारम्भ गरेकी हुन् । शिविरमा ११ वषदैखि ७५ वर्ष उमेर समूहका व्यक्तिविशेषले आखाँको परीक्षण गराएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…