
पोखरा-भोलि शनिबार पोखरा महानगरपालिका वडा नं १७ मा विद्यालयस्तरीय छात्र तथा छात्रा दौड हुने छ । महानगपालिका वडा नं १७ को आर्थिक सहयोग तथा छहारी टोल विकास संस्थाको आयोजनामा वडाभित्रका विद्यालयका छात्र तथा छात्राको ३ किलोमिटर दौड हुने छ । विद्यालयस्तरीय छात्र तथा छात्रासँगै ५ किलोमिटर टोली सुधार समिति तथा युवा क्लब बीच महिला तथा पुरुष दौड प्रतियोगिता समेत आयोजना गरिएको छहारी टोली विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए ।
विद्यालयस्तरीय छात्र तथा छात्रा दौड भने आखाँ अस्पताल चोकबाट शुरु भई बरालफिड घुमेर पुन आखाँ अस्पताल चोक पुगेर टुंगिने छ । त्यस्तै पाँच किलोमिटर दौड भने आँखा अस्पतालबाट शुरु भई छोरेपाटनस्थित बी.एस पेट्रोल पम्पबाट फर्किएर पुन आँखा अस्पतालमा आएर टुंगिने छ । दौडमा विद्यालयस्तरीय प्रतियोगितामा १६० जना र पाँचकिलोमिटर दौडमा १०० जना सहभागिताको अपेक्षा गरिएको छ ।
विद्यालयस्तरीय छात्र तथा छात्रा दौड विजेता दुवैले ७ हजार ५ हजार, ३ हजार र सान्त्वना हुनेलाई जनही १ हजार रुपैयाँ प्रदान गरिने छ । पाँच किलोमिटर दौड विजेताले ५ हजार ३ हजार र २ हजार तथा सान्त्वना हुनेलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । वडा सदस्य शिवराम भण्डारीले वडाको वार्षिक कार्यक्रम अन्तर्गत यो वर्ष दौड प्रतियोगिता आयोजना गरिएको जनाउँदै विद्यालयस्तरबाट खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । उनले एकैपटकमा खेलाडी तयार हुदैनन भन्दै विद्यालयबाट खेलाडी उत्पादनमा जोड दिइएको उल्लेख गरे । उनले वडा नं १७ खेलकुदको हब भएको समेत दावी गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…