
सुर्खेत-पोखराबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिदाईको दुईवर्षपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भेट्ने सपना अझै पुरा भएको छैन् । खेलाडीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने सपना साँचिरहेका छन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरी २०७९ कार्तिक ३ गते पोखराबाट झण्डा कर्णाली प्रदेश ल्याईयो । दुई वर्षभित्रमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मेवारी लिएको कर्णाली प्रदेशले राजधानी सुर्खेतको विरेन्द्रननगरमा पूर्वाधार निर्माण शुरु गर्यो । २०८१ मंसिर २ गतेदेखि खेलकुद प्रतियोगिताको मिति तय गरिएको थियो । तर तोकिएको मितिमा राष्ट्रिय खेलकुद परिषदले तोकिएको मितिमा प्रतियोगिता आयोजना गर्नबाट पछि सर्यो । सरकार परिवर्तनपछि पटक पटक मिति सरेपछि अन्यौलमा रहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ सालमा हुनेमा विश्वस्त छन् । यद्यपी मिति भने तय भएको छैन् ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने मिति घोषणाले खेलकुद जगत उत्साहित थियो । तोकिएको मितिलाई पर सारेपछि खेलाडी निराश बने । मंसिर, चैत, जेठ हुदैं मिति सरिरहँदा खेलाडीको उत्साह निराशामा परिणत भयो । यो वर्ष(२०८२)मा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने आशा र विश्वास छ । बजेट पनि छुट्टाइएको छ ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी रहेको सुर्खेत रंशगालाको निर्माण कार्य असार मसान्तसम्म पूर्णता पाउने छ । असार मसान्तसम्म रंगशाला निर्माणको सबै काम फत्ते हुने निर्माण कम्पनीले जनाएको छ । भुक्तानीमा भएको ढिलाईले निर्माणको काम पनि केही महिना पछि धकेलिएको दावी कम्पनीले गरेको छ । रंगशाला निर्माणको जिम्मेवारी कर्णाली प्रदेश सरकारले एमएसी– जिएसएल जेभी कम्पनीलाई दिएको हो ।

‘असार मसान्तसम्मा हामीले रंगशालाको रिपोर्ट तयार तयार गरेर मन्त्रालयमा पठाउँछौं ।’ कम्पनीका प्रोजेक्ट इन्जिनियर पुरुषत्तोम बरालले भन्नुभयो–‘भुक्तानीमा ढिलाई भएको अवस्थामा काम लम्बिन सक्छ ।’ अहिले कर्णाली प्रदेश खेलकुद परिषद सदस्य सचिव विहीन छ । सदस्य सचिव विहीन हुदाँ कामको अनुगमनमा ढिलाई भएको अनुमान गरिएको छ । यद्यपी कर्णाली प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखा जवाहरलाल हमाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ ।
प्रदेश सरकारले सुर्खेतमा २४ खेलमध्य १४ वटा खेल खेलाउन सकिने जनाएको छ । राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटिरहँदा राजनीतिक परिवेशले खेलकुद हुने मिति लम्बिएको आसय प्रदेश सरकारको छ । ‘सुर्खेतमा १४ वटा खेल खेलाउन सकिन्छ । बाँकी अन्य खेल विभिन्न जिल्लामा खेलाउँछौं ।’ सदस्य सचिवको पाँचदिन अघि मात्रै सदस्य सचिवको जिम्मेवारी पाएका जवाहरलाल हमालले बताउनुभयो । उहाँले राजनीतिक परिवेशकै कारण निर्माणको काममा केही विलम्ब भएको स्पष्ट पार्नुभयो ।

कम्पनीले असार मसान्तसम्म सबै फाईनल गरेर बुझाउने बताईरहँदा सदस्य सचिव हमालले फाईनल रिपोर्ट पेश गरिसकेपछि बाँकी हिसाबकिताब फोरफारक हुने बताउनुभयो । ‘कम्पनीले फाईनल रिपोर्ट दिनुपर्यो । त्यसपछि हामीले कन्सल्ट्यान्ट मार्फत सबै हेरेपछि रकम भुक्तानी गर्ने छौं । तर सबै भुक्तानी गर्न भने आगामी बजेटपछि मात्रै हुने छ।’ उहाँको भनाई थियो । काम सक्ने दायित्व कम्पनीको भएको जनाउँदै केही सामान्य काम मात्रै बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारकै लगानीमा निर्माण भएको रंगशाला देशकै पहिलो हो ।

प्रदेश सरकारले रंगशाला निर्माणको लागि १ अर्ब ६० करोड खर्चिएको छ । फुटबल मैदान, एथलेटिक सिन्थेटिक ट्रयाक, १० लेनको पौडी पोखरी, बहुउद्देश्यीय कभर्ड हल, मार्सल र्आट हल, आउटडोर भलिबल, ह्याण्डबल र बास्केटबल कोर्ट निर्माण गरिएको छ । क्रिकेट प्रशिक्षणको लागि इण्डोर हल निर्माण गरिएको छ । व्याडमिन्ट संघले नै व्याडमिन्टन हलको मर्मत सम्भार गरेको छ । ती सबै पूर्वाधार सुर्खेत रंगशाला परिसर भित्र छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि संघीय सरकारले आर्थिक वर्ष २०८२÷२०८३को बजेट भाषणमा समेत ५४ करोड रुपैयाँ छुट्टाइएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…