
पोखरा-दुईसाता अघि मात्रै पोखराको कभर्ड हलमा उपाधि उचालेर निकै आत्मविश्वास देखिएको नेपाल पुुलिस क्लब भने शनिबार विभागीय डर्बी फाईनल प्रतिस्पर्धामा उपविजेतामा चित्त बुझायो । पोखरामा आयोजित प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लिगका व्यहोरेको हारको बदला समेत लिदैं सशस्त्र प्रहरी बलले पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि उचाल्यो ।
सशस्त्रले उपाधि जित्न नेपाल पुलिस क्लबलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटले पन्छायो । एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा चिक्त बुझायो। न्यु डायमण्डले एभरेष्ट क्लवलाई २५–८, २५–१९ र २५–११ को सोझो सेटमा पराजित गरेको हो । लिग चरणको पहिलो खेलमा पुलिसले सशस्त्रलाई जितेको थियो भने पुलिसले नवौं एनभिए कप करिब दुई साता अघि पोखरामा भएको प्रतियोगिताको विजेता टिम हो ।
प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा एपिएफकी निरुता ठगुन्ना घोषित हुदाँ प्रतियोगिताको उत्कृष्ट सेटरमा एपिएफकी जसना महतो, उत्कृष्ट स्पाइकरमा पुलिसकी उषा भण्डारी, उत्कृष्ट सर्भरमा एपिएफकी सृष्टि खड्की, उत्कृष्ट ब्लकरमा न्यु डाइमण्डकी सुमित्रा रेग्मी, उत्कृष्ट लिब्रोमा न्यु डायमण्डकी सलिना श्रेष्ठ र उत्कृष्ट प्रशिक्षकमा भने सशस्त्रकी पुष्पजंग मल्ल घोषित हुनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाईे जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन तथा विकासका लागि पोखरामा उक्त प्रतियोगिता यही जेठ २७ गतेदेखि सुरु भएको अध्यक्ष कोइरालाले बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतमा वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता पोखरामा भएको हो । प्रतियोगितामा ६ टिम सहभागित भएका थिए । विजयी खेलाडीहरुलाई नेकपा माओबादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री शक्तिबहादुर बस्नेत, पार्टीका स्थायी कमिटि सदस्य सत्या पहाडी, राखेप वोर्ड सदस्य प्रकाश कुसारी, गण्डकी प्रदेशका पूर्व मन्त्री रेशम जुग्गाली, आसा कोइराला, नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइराला, उपाध्यक्ष शिव कोइराला (ज्वाला), प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेल, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्मा लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । नेशनल स्पोट्र्स एकेडेमीले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई २५ हजार सहयोग गरेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…