
पोखरा-पोखराकी धाविका नारायणी भण्डारी भारतको भुवनेश्वरमा आयोजना हुने वर्ल्ड एथलेटिक्स ब्रोन्ज लेभल कन्टिनेन्टल टुरको लागि प्रस्थान गरेकी छन् । उनलाई मंगलबार कास्की जिल्ला एथलेटिक्स संघले विदाई गरेको थियो । उनी आज बुधबार अन्य खेलाडीसहित भुवनेश्वरको लागि प्रस्थान गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । उनीसँगै अन्य एथलिटलाई राखेपका सदस्य सचिव टंकलाल घिसिंङले विदाई गरेका हुन् ।
नारायणी पोखरामा पहिलो पटका कास्की जिल्ला एथलेटिक्स संघले आयोजना गरेको पोखरा एथलेटिक्स मिट राष्ट्रिय प्रतियोगितामा अन्तर्गत १५ सय मिटर दौडमा स्वर्ण पदक जितेकी हुन् । उनी १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ८ सय मिटर दौडको कीर्तिमानी धाविका समेत हुन् । उनले आठ सय मिटर २ मिनेट १७ सेकेण्डमा पुरा गरेकी थिईन् ।
उनले भुवनेश्वरमा यही अगष्ट ८ देखि १० तारिखसम्म हुने प्रतिस्पर्धामा ८ सय १५ मिटर इभेण्टमा प्रतिस्पर्धा गर्ने छिन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…