
पोखरा-नवआदर्श सामुदायिक विकास समाजकोआयोजनामा हुने पुरुष भलिबल प्रतियोगिताको लािग हिमश्री फुड्सले मुख्य प्रायोजना गरेको छ । महोत्सवको मुख्य इभेन्ट खुला पुरुष भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर सम्बन्धमा नवआदर्श र हिमश्री फुड्सबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा आयोजक तर्फबाट अध्यक्ष दिनेश भण्डारी र हिमश्री तर्फबाट महाप्रबन्धक शिव गिरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हिमश्री फुड्सकै मुख्य प्रायोजनमा पोखरामा २४ वर्षदेखि आहारारा पोखरा गोल्डकप चलिरहेको छ । रारा चाउचाउ हिमश्रीको मुख्य उत्पादन हो ।
नवआदर्शले आगामी भदौ ८ देखि १० गतेसम्म २९ औं वार्षिकोत्सव समारोह एवं २७ औं लामाचौर तीज महोत्सव गर्दैछ ।
लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसरमा हुने उक्त कार्यक्रममा विविध सांस्कृतिक एवं खेलकुदका गतिविधि हुने छन् । भलिबलको अर्को इभेन्ट अन्तरमावि छात्रा भलिबललाई एक्सपर्ट एजुकेशनले टाइटल स्पोन्सर गरिसकेको छ ।
महोत्सव पहिलो दिन अन्तरमहिला समूह तीज गीत प्रतियोगिता सुरु हुनेछ भने दोस्रो दिन विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने अध्यक्ष भण्डारीले बताए ।


पोखरा-क्याराभान गोल्डकपबाट सहाराले गोल्डकपको बामे सार्न थालेको २५ वर्ष पुरा गर्ने क्रममा पहिलो पटक सहाराले पाहुना टोलीलाई उदघाटन खेलमा सत्कार गर्ने तयारी गरेको छ । आईतबार सार्वजनिक गरिएको खेल तालिका अनुसार क्लबले पहिलो पटक विदेशी टोलीसँग उदघाटन खेल्दै…
पोखरा-त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल ९एपीएफ० विरुद्ध ३–२ सेटको रोमाञ्चक…