विद्यालयस्तरीय यु १४ छात्रा तथा छात्रा फुटबल प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण २८ गते २०८२ मा प्रकाशित


पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा आगामी भदौ १२ गतेदेखि अन्तर विद्यालयस्तरीय यु १४ छात्रा तथा छात्र फुटबल प्रतियोगिता हुदैं छ । अखिल नेपाल फुटबल संघको वार्षिक क्यालेण्डर अनुसार कासकी जिल्ला फुटबल संघले भदौ १२ गतेदेखि एन्फा यु १४ छात्रा तथा छात्र विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

फुटबल संघले भदौ ५ गतेसम्म टिम दर्ताको लागि विद्यालयलाई आह्वान गरेको छ । संघका अध्यक्ष उज्वल रन्जितका अनुसार प्रतियोगिताको नियमावली तथा अन्य सम्पूर्ण जानकारी केही दिनमै दिईने छ । प्रतियोगितामा सहभागि विद्यालयकै आधारमा खेल प्रणाली तथा खेलस्थानको बारेमा जानकारी समेत दिईने कास्की जिल्ला फुटबल संघले जनाएको छ ।