
पोखरा-लामाचौरमा आयोजित अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पोखराको टप्स मावि र शान्त मावि फाइनलमा प्रवेश गरेका छन् ।
आइतबार पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२० मा जितेको टप्सले दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो ।
यस्तै, दोस्रो सेमिफाइनलमा शान्त माविले पोखरा युनाइटेडको चुनौती २–१ सेटमा पन्छाउँदै टप्ससँग उपाधि भिडन्त पक्का गरेको हो । पहिलो सेट २४–२६ मा गुमाएको शान्तले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेको हो । उसले दोस्रो र तेस्रो सेट समान २५–१९ मा जित्न सफल भयो ।
टप्सले पहिलो चरणमा पश्चिमाञ्चल र दोस्रो चरणमा बालमन्दिरलाई हराउँदा शान्तले प्रतिभा र केफ माविलाई पराजित गर्दै विजयी यात्रा जारी राखेका छन् ।
यसैबीच, पहिलो सेमिफाइनलमा टप्सले पास आउट खेलाडीलाई खेलाएको भन्दै उजुरी परेकामा छानबिनमा त्यस्तो नपाइएको नेपाल भलिबल संघ उपाध्यक्ष यामबहादुर गुरुङले प्रस्ट पारे ।
फाइनल महोत्सव अन्तिम दिन भदौ १० गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ११ टिमले भाग लिएका थिए ।
पोखरा एक्सपर्ट एजुकेशसन लामाचौर कप अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् । साथै, विधागत उत्कृष्टलाई आकर्षण पुरस्कार छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…