
पोखरा-नेपालमै सर्वाधिक राशीको प्रथम पोखरा राष्ट्रिय आर्म रेष्लिङ प्रतियोगिता हुदैं छ । आर्म रेष्लिङ संघ कास्कीको आयोजनामा पहिलो पटक यो प्रतियोगिता यही भदौ २० र २१ गते पोखराको लेकसाईडस्थित आईभीवाई क्लबमा हुने छ ।
खास गरी नेपालीमा पन्जा लडाई भन्ने गरिन्छ । कुनै बेला पन्जा लडाई भनेर खेलिने यो खेल अहिले व्यवसायिक बन्दै गएको छ । । विदेशमा निकै प्रख्यात छ । युवा पुस्तामा आर्म रेष्लिङ खेल प्रति अभिरुची बढ्दै गएको छ यद्यपी पोखरामा भने पहिलो पटक आयोजनाको अन्तिम तयारीमा संघ जुटेको छ । संघ नै गठन गरेर सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताले युवा पुस्तालाई नयाँ खेलप्रति उत्साहित र जागरुक बनाउने संघका अध्यक्ष नविन गुरुङको विश्वास छ ।
‘नेपालमै सर्वाधिक पुरस्कार राशीको आर्म रेष्लिङको तयारीमा छौं । पोखरामा पहिलो पटक आयोजना गर्ने अन्तिम तयारी छ ।’ उनको भनाई थियो । संघले चारवटा तौल समूहमा प्रतिस्पर्धा गराउने जनाएको छ । संघका अध्यक्ष गुरुङका अनुसार ६० केजी तौल समूह, ६०–७० केजी, ७०–८० केजी र ८० केजी माथिको तौल समूह बीच प्रतिस्पर्धा गराईने छ ।
प्रत्येक तौल समूहको विजेताले नगद ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसपछि चारै तौल समूहको विजेता बीचको प्रतिस्पर्धा हुने छ । च्याम्पियन अफ च्याम्पियन बन्ने खेलाडीले नगद १ लाख पुरस्कारसहित ट्रफी पदक तथा प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए । प्रतिस्पर्धाको लागि खेलाडीले यही भदौ १५ गतेभित्रमा आफनो नाम दर्ता गरिसक्नुपर्ने संघले उल्लेख गरेको छ । प्रतियोगितामा बढीमा २ सय खेलाडीहरुको सहभागिता हुने अपेक्षा संघले गरेको छ ।
संघका अध्यक्षा गुरुङले प्रतियोगिता सहभागि खेलाडीले एक पटक हारेपनि अर्को अवसर प्राप्त गर्ने छ । दोस्रो पटक पनि हारेमा स्वतह प्रतियोगिताबाट बाहिरिने छ । एकपटक हारेको खेलाडीले दोस्रो अवसरमा जित्दै फाईनल पुग्न सक्छ । एकपटक हारेर फाईनल पुगेको खेलाडीले अर्को प्रतिस्पर्धीलाई फाईनलमा दुईपटक हराउनुपर्ने नियम संघले राखेको छ । ‘एक पटक हारेकोले अर्को अवसर पाउँछ । अवसर पाएको खेलाडीले जित्दै गएर फाईनल पुग्न सक्छ । फाईनलमा उपाधि जित्न दुई पटक प्रतिस्पर्धीलाई हराउनुपर्छ । किनकि पहिलो नै त्यो खेलाडी एक पटक हारेर फाईनलसम्म आईपुगेको हो ।’ उनले खेलको नियम बारे अथ्र्याए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-भोलिदेखि गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुदैं छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहनेछ। प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको…