
पोखरा-यही भदौ १२ गतेदेखि हुने विद्यालयस्तरीय यु १४ छात्र फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सोमबार कास्की जिल्ला फुटबल संघले छात्र तर्फ सहभागि विद्यालयको खेल तालिका सार्वजनिक गरेको हो । छात्रा तर्फको खेल तालिका सार्वजनिक गरिएको छैन् । छात्रहरुको लिगचरणको खेल सकिएपछि छात्राहरुको खेल तालिका सार्वजनिक गरिने कास्की जिल्ला फुटबल संघले जनाएको छ ।
लिगकम नकाउटको आधारमा सञ्चालन हुने प्रतियोगिताको सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो खेल गुरुकुलले शिशुकल्याण माविसँग खेल्ने छ । भदौ १२ गते पोखरा रंगशालाको मुख्य मैदानमा दिउँसो १ बजे हुने छ ।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितका अनुुसार सहभागिता जनाएका २४ विद्यालयले लिगकै आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगचरणका खेलहरु भदौ १५ गतेसम्म सञ्चालन हुने छ । संघले प्रतियोगिताको लागि रंगशालाभित्रका दुवै फुटबल मैदानको उपयोग गर्ने छ ।
छात्र तर्फ समूह एमा बालकल्याण बोर्डिङ स्कुल,भद्रकाली मावि, स्नोभ्यु र शान्तिदिप रहेका छन् । समूह बीमा सैनिक आवासिय, कुमुदिनी होम्स, हेम्जा बोर्डिङ र सृजना सेकेण्डरी स्कुल रहेका छन् । समूह सीमा सोसल पब्लिक, फिष्टेल एकेडेमी, त्रिभुवन शान्ति नमूना र डायमण्ड बोर्डिङ छन् । समूह डीमा शिशुकल्याण, अल्फा बोर्डिङ, बालोदय बोर्डिङ र सिद्धीविनायक रहेका छन् । समूह ईमा कालिका मावि,सगरमाथा निकेतन, रिलायन्स पब्लिक र गण्डकी बोर्डिङ रहेका छन् । त्यस्तै समूह एफमा शान्तिनिकुञ्ज, शिशकल्याण मावि, गुरुकुल स्कुल र बेसलाईन बोर्डिङ स्कुल रहेका छन् ।
छात्रा तर्फ ६ विद्यालय सहभागिता जनाएको छ । छात्राहरुको खेल तालिका भने संघले सार्वजनिक गरिसकेको छैन् । भदौ १७ गतेदेखि छात्राहरुको प्रतिस्पर्धा हुने कास्की जिल्ला फुटबल संघले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…