
कास्की-झण्डै एकसाता चलेको प्रधान सेनापति ट्रफी अन्तर्गत बक्सिङ प्रतिस्धर्पामा १६ नम्बर बाहिनी च्याम्पियन बनेको छ । १६ नम्बर बाहिनीले प्रतियोगितामा चार स्वर्ण, एक रजत र तीन कास्य जित्दै टिम च्याम्पियन बन्यो ।
नेपाली सेनाले आयोजना गरेको प्रधान सेनापति ट्रफी २०८२ अन्तर्गत बक्सिङ पोखरामा आयोजना गरिएको थियो । पोखराको बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न प्रतिस्पर्धामा दुई स्वर्ण चार रजत र तीन कास्य पदकसहित उपत्यका पृतना हेडक्र्वाटर दोस्रो भयो । दुई स्वर्ण, तीन रजत र चार कास्य पदक जितेको पूर्वी पृतना तेस्रो बन्दै प्रतियोगिता समापन हुन पुग्यो ।
प्रतियोगितामा आठ पृतना, पाँच बाहिनी र एक विशेष फौज बाहिनीका खेलाडीहरुको सहभागिता रहेको थियो । बक्सिङका विभिन्न तौल समूहमा दुई सय २४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ छ तौल समूहमा प्रतिस्पर्धा गरिएको पश्चिम पृतनाका सेनानीसमेत रहनुभएका बक्सिङ खेलका समन्वय अधिकृत हुमानसिंह कुँवरले बताउनुभयो ।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिताको पुरुष न्यूनतम ४८ केजी समूहमा उपत्यका १० गणेश भण्डारी उपत्यका पृतनाका सुवास तामाङलाई अंकको आधारमा (३–१) पराजित गर्दै विजयीले स्वर्णपदक प्राप्त गर्नुभयो । ५१ केजी तौल समूहको फ्लाईवेटमा १० बाहिनी मध्य पश्चिमका सुरेन्द्रबहादुर राईले वाकओभर दिएपछि १० बाहिनीका बलबहादुर खड्का विजेता बन्दै स्वर्ण आफनो नाममा लेखाउनुभयो ।
बेन्टम वेट(५४ केजी) समूहको प्रतिस्पर्धामा पूर्वी पृतनाका प्रवीण बयलकोटीलाई ५–० को अंकको आधारमा १० बाहिनीका प्रेम चौधरी च्याम्पियन बन्नुभएको थियो । लाइट वेट(६० केजी) तौलको प्रतिस्पर्धामा उपत्यकाका खगेन्द्र रोकामगरले १० बाहिनीका जीवन गुरुङलाई नकआउट गर्दै स्वर्ण पदक भिर्न सफल हुनुभयो ।
लाइट वेल्टर (६३.५ केजी) समूहमा १६ बाहिनीका बाबुराम मगरलाई ४–१ अंकको आधारमा पुर्वी पृतनाका नितेश नेपालीले पराजित गर्दै विजयी बन्नुभयो । बेल्टर वेट(६७ केजी) समूहको खेलमा उपत्यकका राजेश कार्कीले परित्याग गर्दा सुदुरपश्चिम पृतनाका दानबहादुर दलार्मी च्याम्पियन हुनुभयो । मिडिल वेट(७५ केजी समूह)को प्रतिस्पर्धामा पुर्वी पृतनाका सुरेश बिकलाई अंकको आधारमा पराजित गर्दै १६ नम्बर बाहिनीका गणेशकुमार श्रेष्ठ उपाधि हकदार हुनुभयो ।
प्रतियोगिताको लाइट हेभी वेट( ८० केजी) तर्फ रेफ्रीले प्रतियोगिता रोक्दा पूर्वी पृतनाका दीपक श्रेष्ठ विजेता घोषित हुनुभयो । उहाँको प्रतिस्पर्धी मध्यपृतनाका धमेन्द्र गुरुङलाई रेफ्रीले खेल्न बञ्चित गराएपछि श्रेष्ठले स्वतह स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । हेभीवेट(९२ केजी) तौल समूहको खेलमा १६ नम्बर बाहिनीका मदन कार्की विजेता बन्नुभयो । प्रतियोगिताको सुपर हेभीवेट(१०२ केजी) उपत्यकाका प्रवीण चौधरीलाई पराजित गर्दै पश्चिम पृतनाका मोहनराज जोशीले स्वर्ण पदक जित्नुभयो ।
यसैगरी, महिलातर्फ न्यूनतम ४८ केजी तौल समूहमा उर्मिला ठाडामगरलाई पछि पार्दै आरती बम्जनले उपाधि जित्दा फ्लाइवेटमा खेलाडी घाइते बनेपछि रेफ्रीले प्रतियोगिता रोक्दा लालुमाया कार्की विजेता घोषित हुनुभयो । बेन्टमवेटको खेलमा रेफ्रीले प्रतियोगिता रोक्दै वर्षा श्रेष्ठलाई विजेता घोषित गरेको पश्चिम पृतनाले जनाएको छ ।
फेदरवेट प्रतिस्पर्धामा वेदकुमारी राईले खेल परित्याग गर्दा विमला श्रेष्ठ उपाधि हकदार बनिन् । लाइट वेटमा सुस्मिता राईलाई पछि पार्दै चन्द्रकला थापाको नाममा उपाधि रह्यो । यस्तै, वेल्टर वेट रेफ्रीले प्रतिस्पर्धा रोक्दा पुनम रावल विजेता बनिन् । प्रतियोगिता समापनपछि पश्चिम पृतनाका पृतनापति मधुकर सिंह कार्कीले नेपाली सेनाले नेपालको खेलकुद क्षेत्रमा उलेख्य योगदान रह्े्को स्पष्ट पार्नुभयो । उहाँले नवौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाले बक्सिङबाट १२ स्वर्ण, चार रजत र तीन कास्य पदक प्राप्त गरेको भन्दै प्रतियोगिताले खेलाडीमा हौसला थपिएको बताउनुभयो ।
प्रधान सेनापति ट्रफी २०८२ अन्तर्गत बक्सिङसँगै फुटबल, भलिबल, बास्केटबल, एथलेटिक्स, पौडी, जुडो र तेक्वान्दो खेलहरु समावेश गरिएको छ ।

पोखरा- ६ वर्षपछि पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना हुदैं छ । आगामी जनवरी २९ (माघ १५ गते)देखि पोखरामा यु १९ साफ महिला फुटबल च्याम्पियनसिप हुने तयभएको छ । आयोजनाको पूर्वसन्ध्यामा अखिल नेपाल फुटबल संघ(एन्फा) र साफ महासचिवसहितको टोलीले…
पोखरा-दुईदिनपछि पोखरा रंगशाला क्रिकेट मैदानमा पोखरामा हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता हुदैै छ । मंसिरको २५ देखि पुषको ६ गते सम्म पा ुहुने छ । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका…