
पोखरा –आज र भोलि दुई दिन पोखरामा आर्म रेष्लिङ(पञ्जा लडाँई) शुरु हुदैं छ । विभिन्न तौल समूहमा आर्म रेष्लरले प्रतिस्पर्धा गर्ने छन् । आर्म रेष्लिङ संघ कास्कीको आयोजनामा नेपालमै सर्वाधिक पुरस्कार राशीको आर्म रेष्लिङ भएको दावी समेत गरिएको छ ।
आजदेखि शुरु हुने प्रतिस्पर्धामा ६० केजी मुनिको तौल समूहमा २२ जनाले प्रतिस्पर्धा गर्ने छन् । ७० केजी मुनिको तौल समूहमा ३२ जना आर्म रेष्लरले प्रतिस्पर्धा गर्ने आर्म रेष्लिङ संघ कास्कीका अध्यक्ष नविन गुरुङले जानकारी दिए । त्यसैगरी ८० केजी तौल मुनिको प्रतिस्पर्धामा २८ जना र ८० केजी माथिको प्रतिस्पर्धामा २० जना रेष्लरको सहभागिता रहेको छ । प्रतिस्पर्धामा पोखरा, काठमाडौं, रुपन्देही,, झापा, बुटवल, रोल्पा, इटहरी, बर्दघाट, विराटनगर, मोरङ, रौतहट, बीरगंज, तनहुँ,बर्दिया, धरान लगायतका शहरबाट रेष्लर पोखरा आईपुगेका छन् । पोखराको लेकसाईडस्थित आईभीवाई क्लबमा हुने प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गर्ने छन् ।
प्रत्येक तौल समूहको विजेताले नगद ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसपछि चारै तौल समूहको विजेता बीच अन्तिम प्रतिस्पर्धा हुने छ । च्याम्पियन अफ च्याम्पियन बन्ने खेलाडीले नगद १ लाख पुरस्कारसहित ट्रफी पदक तथा प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए । संघका अध्यक्षा गुरुङले प्रतियोगिता सहभागि खेलाडीले एक पटक हारेपनि अर्को अवसर प्राप्त गर्ने छ । दोस्रो पटक पनि हारेमा स्वतह प्रतियोगिताबाट बाहिरिने छ ।
एकपटक हारेको खेलाडीले हारेको हारेको समूहबाट प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने छ । दोस्रो अवसरमा जित्दै फाईनल पुग्न सक्छ । एकपटक हारेर फाईनल पुगेको खेलाडीले अर्को प्रतिस्पर्धीलाई फाईनलमा दुईपटक हराउनुपर्ने नियम संघले राखेको छ । ‘एक पटक हारेकोले अर्को अवसर पाउँछ । अवसर पाएको खेलाडीले जित्दै गएर फाईनल पुग्न सक्छ । फाईनलमा उपाधि जित्न दुई पटक प्रतिस्पर्धीलाई हराउनुपर्छ । किनकि पहिलो नै त्यो खेलाडी एक पटक हारेर फाईनलसम्म आईपुगेको हो ।’ उनले खेलको नियमबारे जानकारी दिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…