
पोखरा-कास्की जिल्ला फुटबल संघद्वारा आयोजित एन्फा यू १४ अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि छात्र तर्फ शिशुकल्याण मावि र छात्रा तर्फ त्रिभुवन शान्ति माविले उचालेका छन् । पोखरा रंगशालामा शुक्रबार भएकोफाइनलमा छात्रतर्फ शिशुकल्याणले गण्डकी बोर्डिङलाई ३–० गोेलले पराजित गर्दै उपाधि उचाल्दा छात्रा तर्फ लेखनाथ खुदीस्थित त्रिभुवन शान्ति माविले फूलबारीको सैनिक आवासीय माविलाई सडन डेथमा हराउँदै उपाधि आफनो नाममा लेखायो ।
पहिलो हाफ गोलरहित बराबरी भएकोमा दोस्रो हाफको अन्तिम १० मिनेट सम्हालिन नसक्दा उपाधि दाबेदार गण्डकी उपविजेतामा सीमित हुन पुग्यो । शिशु कल्याणका लागि सुमन घर्तिमगरले पहिलो गोल गरे । कप्तान शक्ति बोहोरा र विक्रम गुरुङले एक एक गोल थपेपछि शिशुकल्याणले उपाधि पक्का गर्यो । शिशु कल्याणले नगद ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता गण्डकीले २५ हजार रुपैयाँ पायो ।
छात्रा तर्फ निर्धारित ६० मिनेटको खेलमा दुबै टिमले गोल गर्न नसक्दा खेल सिधैँ टाइब्रेकरमा पुगेको थियो । ५÷५ प्रहारमा बराबरी २ गोल भएपछि खेल सडन डेथमा पुग्यो । दुबैतर्फबाट दुबै प्रहार गोलमा परिणत हुन नसकेपछि सातौं तथा अन्तिम प्रहार प्रतिमा पोखरेलले गरेकी हुन् । बलले जाली चुम्दा जुन निर्णायक बन्यो । उपाधिसंगै त्रिभुवन शान्तिले २० हजार र उपविजेता सैनिकले १० हजार रुपैयाँ प्राप्त ग¥यो ।

प्रतियोगितामा सैनिक आवासिय महाविद्यालयकी रश्मि रिजाल र शिशु कल्याणका सुमन घर्ती मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । छात्रातर्फ रिजाल सर्वोत्कृष्ट हुँदा सैनिककै सन्सुभा थापा मगर उच्च गोलकर्ता बनिन् । उनले प्रतियोगिताभर ९ गोल गरिन् । त्रिभुवन शान्ति माविकी सोनम सुवेदी उत्कृष्ट गोलरक्षक, त्रिभुवनकै भिमकुमारी पुन उत्कृष्ट मिडफिल्डर, त्रिभुवनकै प्रतिमा पोखरेल उत्कृष्ट डिफेन्डर घोषित हुँदा त्रिभुवनकै रोमन थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए ।
छात्रतर्फ गण्डकी बोर्डिङका वियोन गुरुङ उत्कृष्ट गोलरक्षक, गण्डकीकै सौरभ फडेरा उत्कृष्ट डिफेन्डर घोषित हुँदा शिशु कल्याणका दिपेश काफ्नो उत्कष्ट मिडफिल्डर, सुरेश गाहा उत्कृष्ट फरवार्ड, शक्ति बोहोरा उच्च गोलकर्ता ( कुल १२ गोल) र सुनिल रानामगर उत्कृष्ट प्रशिक्षक घोषित भए । विजेता तथा उपविजेता विद्यालयलाई संघीय संसद शिव नेपाली, प्रान लिची जुसका प्रतिनिधि, कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जित लगायतले पुरस्कार प्रदान गरेका थिए ।
गत १२ भदौदेखि सुरू भएको प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ ६ टिमले भाग लिएका थिए । बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान लिची जुसको मुख्य प्रायोजन रहेको प्रतियोगितालाई , सहारा क्लब पोखरा, एबीज इन्जिनियरिङ लगायत अन्य संघसंस्थाले सहयोग गरेको थियो । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिकामा रहेको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…