विश्व पर्यटन दिवसमा दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ३ गते २०८२ मा प्रकाशित


पोखरा-असोज ११ गते हुने पर्वतीय दौडमा एकसय धावकले सहभागिताको लागि नाम दर्ता गरेका छन् । आयोजकका अनुसार सहभागि धावक विभिन्न जिल्लाका छन् । दोस्रो संस्करणको पुम्दीभुम्दी पर्वतीय दौडमा सहभागिता जनाउने अझै केही दिन रहेको उल्लेख गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा दुईसय धावकको सहभागिताको अपेक्षा गरिएको छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा हुने छ ।

पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म हुने दौडमा ६ इभेन्ट समावेश गरिएको छ । विभिन्न इभेन्टका विजयीलाई नगद पुरस्कार व्प्रदान गरिने छ । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन रहेको प्रतियोगिता सफल पार्न विश्व शान्ति स्तुप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, पोखरा लेकसाइडको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, हिमश्री फुड्स प्रा.लि.÷केसी ग्रुप, होटल बाराही, सिटिजन्स फर्निचर, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, टान गण्डकी, अटोवेज प्रा.लि., पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, पोखरा भ्रमण वर्ष २०२५, परिचय एड्भरटाइजिङ, होटल संघ पोखरा नेपाल, ईजि ग्रुप, अन्नपूर्ण केवलकार, गण्डकी प्रादेशिक क्रिकेट संघ, बुमह््रयाङ रेष्टुरेण्ट लगायतको सहयोग छ ।