
कास्की-मोफसलकै उत्कृष्ट क्लब सहारा क्लब आन्तरिक रस्साकस्सीले १४ औं अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित भएको छ । २७ औं वार्षिकोत्सव तथा १४ औं अधिवेशनमा नयाँ कार्यसमिति चयन गर्दै टुंग्याउने तय भएपनि सहमतीय प्रयास विफल भएपछि निर्वाचित अधिकृतले निर्वाचनको कार्यक्रमलाई स्थगित गरेको घोषणा गरे । निर्वाचनको कार्यक्रमलाई शनिबार टुग्याउने क्लबले जनाएको छ । यद्यपी सर्वसम्मतको प्रयासलाई खुला राखिएको छ । क्लबको इतिहासमै पहिलो पटक सर्वसम्मतको प्रयास विफल भएको थियो ।
सर्वसम्मतको प्रयास असफल भएपछि सहारा क्लबभित्रै आन्तरिक किचलो सतहमा देखिएको प्रष्ट भएको छ । सर्वसम्मत नहुदाँ भित्री कलह रहेको अनुमान गरिएको छ । यद्यपी विगतमा भने आन्तरिक तिक्ततालाई थाँती राख्दै सर्वसम्मतमै कार्यसमिति चयन हुदैं आएको थियो । तर अहिले भने सर्वसम्मतको प्रयास विफल भएपछि निर्वाचनको चरणमा पुगेको छ । साँझसम्म उम्मेदवार बीच छलफल भएपनि कुरा नमिलेपछि निर्वाचनको कार्यक्रमलाई स्थगित गरिएको क्लबले जनाएको छ । क्लबभित्र चरम अवसरवादी हावी हुदाँ अहिलेको अवस्था सृजना भएको क्लबकै सदस्य स्वीकार्छन् । क्लबका अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षमा सहमति नभएपछि शनिबार टुंग्याउने निर्णय गरिएको छ ।
क्लबको अध्यक्ष बन्न पूर्व अध्यक्ष केशवबहादुर थापा र बर्तमान बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङको प्रतिस्पर्धा छ । थापा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी पुरा गरिसकेका हुन् । गुरुङ क्लबको संस्थापक सचिव हुन् । यद्यपी गुरुङ शिक्षण पेशामा आवद्ध भएकै कारण क्लबमा केही वर्षपछि फेरी पदाधिकारीमा सक्रिय रहँदै आएका छन् ।
बरिष्ठ उपाध्यक्षमा चित्रबहादुर पुन र मनबहादुर क्षत्री(काजी) चुनावी मैदानमा छन् । उपाध्यक्षमा विनु रानामगर र विष्णु गुरुङले आकांक्षा देखाएका छन् । महासचिवमा गंगाराजप पौडेल, कोषाध्यक्ष लिलबहादुर थापा र सचिवमा ज्ञानेन्द्र गुरुङ सर्वसम्मत भएका छन् ।
२०५५ सालमा स्थापित क्लबले नेपाली फुटबलमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तर क्लब भित्रको आन्तरिक प्रतिस्पर्धा र खिचातानीले सर्वसम्मत प्रयास विफल भएको बर्तमान कार्यसमितिले नै गुनासो गरेको छ । क्लबमा कार्यसमिति बनेपनि हर्ताकर्ता अरु नै बन्दा कार्यसमिति केवल नाम मात्रैको बन्ने गरेको गुनासो समेत क्लबभित्रै सुनिदैं आएको छ ।
अधिवेशनमा केही बर्तमान र पूर्व पदाधिकारीले थापालाई अध्यक्ष सुम्पिनुपर्ने दबाव दिएका छन् । केहीले पूर्व अध्यक्षलाई नै अध्यक्षमा दोहोर्याउँदा नयाँले नेतृत्वको अवसर नै नपाउने स्पष्ट धारणा राखेका थिए । “निर्वाचन प्रक्रियामा गईसकेको छ । तर पनि हामीले अझैपनि सर्वसम्मतको प्रयासमै छौं ।”क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले बताए ।
उनका अनुसार सर्वसम्मत गर्न सबैले मिलाउने प्रयास गरेकै भएपनि उम्मेदवार बीच सहमति भएको छैन् । शनिबार विहान ८ बजेसम्म सर्वसम्मतको प्रयासमै रहने उनको भनाई थियो । अधिवेशनमा सचिव रामजी अधिकारीको प्रतिवेशन सर्वसम्मत पास भएको थियो । प्रतिवेदनमा सहारा फुटबल एकेडेमी सञ्चालनार्थ अक्षयकोष रकममा बृद्धि गर्ने लक्ष्य राखिएको उल्लेख छ । क्लब एकेडेमीमा अहिले १६ जिल्लाका ३० जना बालक आश्रित छन् । अधिवेशनको समाजसेवी एव हिमश्री फुड्सका प्रवन्ध निर्देशक प्रकाश केसी लगायत विभिन्न व्यक्तित्वले सम्बोधन गरेका थिए । अधिवेशनमै खेलकुद पत्रकार केशव पाठकलाई सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…