
पोखरा-गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले विभिन्न उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका प्रदेशका चार महिला र तीन पुरुष खेलाडीलाइृ नगदसहित सम्मान गरेको छ । संघको आईतबार आयोजित चौथो वार्षिक साधारण सभामा महिला खेलाडीहरु कुसुम गोदार, सिमना केसी, ज्योस्त्निका मरासिनी र रचना चौधरी एवं पुरुष खेलाडीहरुमा सोहेल कुँवर, सिब्रिन श्रेष्ठ र अपराजित पौडेललाई नगदसहित सम्मान गरियो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्मान गरेका हुन् । खेलाडीहरुलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
साधारण सभामा बोल्दै नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले जिल्ला र प्रदेश क्रिकेट संघ बलियो भएमात्रै केन्द्रीय संघ बलियो हुने स्पष्ट पारे । उनले पूर्वाधार नहुदाँ चाहेर पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने बताए । पूर्वाधारसहित सुरक्षा चुनौतिमा ध्यान दिनुपर्ने खाँचो समेत औंल्याए ।

\संघका केन्द्रीय सदस्य सुदिप शर्माले सन २०२७ मा महिला यु १९ विश्वकप आयोजना गर्ने संघारमा रहँदा पोखराको विकल्प नभएको सुनाए । उनले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको लागि पोखरा बाहेक अर्को विकल्प नहुने बताउँदै त्यसको लागि पोखरामा पूर्वाधार निर्माण अत्यावश्यक भएको बताए । उनले पूर्वाधार संघले निर्माण गर्न नसक्ने जनाउँदै स्थानीय तहले पनि पूर्वाधारमा लगानी गर्नेमा जोड दिए ।
प्रदेश खेलकुद परिषद गण्डकीका बोर्ड सदस्य विनय थापाले प्रदेश सरकारले विनियोजन गर्ने बजेट पनि व्यवहारिक नभएको जिकिर गरे । उनले रिजल्ट दिने खेललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताए । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरालाई खेलकुदको शहर भनिरहँदा पोखरामा क्रिकेटको बैकल्पिक मैदानको लागि अध्ययन गर्न संघलाई आग्रह गरे ।नगरप्रमुख आचार्यले क्रिकेटको बैकल्पिक मैदान नहुदाँ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न कठिनाई भएको सन्दर्भमा बैकल्पिक मैदानको लागि विभिन्न ठाँउ हेरिएपनि संघको सुझाव आवश्यक रहेको सुनाए । उनले खेललाई रुचीको रुपमा मात्रै नभई व्यवसायिक बताउनुपर्नेमा जोड दिए ।
साधारण सभामा कास्की,तनहुँ, पर्वत, बाग्लुङ, स्याङजा र नवलपुरका जिल्ला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संघका अध्यक्ष सन्जयकान्त सिग्देलको अध्यक्षतामा बसेको साधारण सभामा केही महिना अघि आयोजित महिला क्रिकेट प्रतियोगिता तर्फ सहभागि भएका कास्की, पर्वत, स्याङजा र नवलपुरका खेलाडीहरुलाई १६ थान क्रिकेट जुक्ता(रबर स्पाईक) हस्तान्तरण गरिएको थियो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…