
कास्की, –नेपाल प्रिमियर लिग(एनपिएल) नजिकदैं जाँदा त्यसको ट्रफी पोखरा ल्याईएको छ । भ्रमणको क्रममा मंगलबार पोखरामा सार्वजनिक गरिएको छ । सातै प्रदेशमा ट्रफीको टुर कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको राजधानी पोखरा आईपुगेको हो । मंगलबार झरीकै समयमा पोखरामा सार्वजनिक गरियो । पोखरापछि बाग्लुङ र स्याङजामा समेत टुर गरिने कार्यक्रम छ । ट्रफी लिएर पोखरा एभेन्जर्सले टुर गर्दै गण्डकी प्रदेशका विभिन्न जिल्ला घुमाउने छ ।
एनपिएल नजिकिदैं जाँदा एभेन्जर्सले ट्रफीको टुर गराउँदै क्रिकेटको प्रवद्र्धन समेत गरेको छ । । ट्रफी टुरपछि आयोजित सञ्चारकर्मीसँगको कुराकानीमा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले गण्डकीमा पोखरा एभेन्सर्जले क्रिकेट एकेडेमी खोल्ने घोषणा गर्नुभयो । ‘हामीले गण्डकीमा एउटा एकेडेमी खोल्छौं । स्कुलस्कुलबाट एकेडेमी ल्याएर क्रिकेट सिकाएर एनपिएल हुँदै राष्ट्रिय टिममा सहभागी भएर विश्वकप जित्ने अवस्थासम्म पु¥याउन चाहन्छौं,’ उहाँले भन्नुभयो । ग्रासरुटबाट क्रिकेटर ल्याएर विकास गर्ने योजना रहेको त्रिपाठीले सुनाउनुभयो । पोखरा एभेन्जर्सले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा डगआउट समेत बनाईदिएको छ । एभेन्जर्सले गण्डकी प्रदेश क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेपनि कहिलेदेखि एकेडेमीमा प्रशिक्षण शुरु गराउने भन्ने विषयमा भने कुनै जानकार दिएन ।
पहिलो संस्करणको एनपिएलमा पोखरा एभेन्जर्स सातौं भएको थियो । ७ खेलमा पोखराले दुई खेलमा मात्रै जित निकाल्न सक्यो । अध्यक्ष त्रिपाठीले यसपटक पहिलो संस्करणको कमीकमजोरीलाई सुधार गरेर अगाडि बढ्न प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘के चिज राम्रो गर्न सकियो । हाम्रो कमजोरी कहाँ रह्यो भन्ने कुराहरुलाई हाम्रो प्राविधिक टिमहरुसँग बसेर त्यसलाई विश्लेषण गरेका छौं ।’
आउँदो नोभेम्बर ३ देखि भारतमा क्याम्प सुरु हुने अध्यक्ष सुबोध त्रिपाठीले बताए । एनपिएलका खेलहरु फ्लड लाइटमा हुने भएकाले भारतमा फ्लड लाइटमा क्याम्प गरिने तयारी भईरहेको बताउनुुभयो । कार्यक्रममा पोखरा एभेन्जर्सले सामाजिक कार्यमा योगदान गरेवापत झरना नेपाली र सम्राट थापामगरलाई सम्मान गरिएको थियो ।
पोखरा एभेन्जर्सको नेतृत्व कुशल भर्तेलले गर्ने छन् । उनी मार्की खेलाडी हुन् । गण्डकी प्रदेशबाट उदाएका युवा खेलाडी अजुर्न कुमाल पनि पोखरा एभेन्जर्समा आवद्ध भएका छन् । पहिलो संस्करणमा कुमाल सुदुरपश्चिम रोयल्समा आवद्ध थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…