
पोखरा-पोखरा महानगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारलाई विभिन्न क्लब तथा संघले सम्मान गरेका छन् । गोदारको केही दिन अघि मात्रै पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दोस्रो कार्यकालको लागि नियुक्त भएका हुन् ।
उनी यस अघि तीन वर्षको पहिलो कार्यकाल सकिएको थियो । कार्यकाल सकिएको १७ महिनापछि पोखरा महानगरपालिकाले उनै गोदारलाई खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।
अध्यक्ष गोदारलाई बौद्ध शान्ति युवा क्लब रामघाटका अध्यक्ष सागर गुरुङ, पोखरामहानगर हकी संघका अध्यक्ष यमन रसाईली तथा नेपाल मुआथाईका प्रशिक्षक विजय गुरुङले एकैसाथ मंगलबार सम्मान गरेको हो । गोदारलाई माला लगाई सम्मानपत्रबाट सम्मानित गरिएको हो ।
सम्मानपछि अध्यक्ष गोदारले आफु दोस्रो पटक खेलकुद विकास समितिका अध्यक्ष भईरहँदा ग्रास रुट खेलकुद कार्यक्रमलाई प्राथमिकता दिदैं पोखरामा खेलकुदको नयाँ आयाम सृजना गर्ने प्रतिबद्धता जनाए । आफु पनि खेलाडीको रुपमा ३५ वर्ष विताएको सम्झदै गोदारले सबैको साथ र सहयोगबाट नै पोखराको खेलकुद माथि उठ्ने विश्वास व्यक्त गरे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…