
पोखरा-सहारा क्लबले गोल्डकप आयोजना गर्दै आएको आहा रारा गोल्डकपको २५ औं वसन्त पुगेको छ । २५ औं संस्करणको आहा रारा गोल्डकप आगामी माघ २७ देखि फागुन ९ गतेसम्म आयोजना हुने मिति तय भएको छ । क्लबले रजत जयन्ती फुटबल प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउने योजनासहित अघि बढेको छ ।
तीन विदेशी क्लब, आयोजक र अन्य ए डिभिजनका क्लबलाई प्रतियोगितामा समावेश गर्ने योजना क्लबको छ । पोखरा महानगरपालिकासँग समेत सहकार्य गर्दै भगिनी सम्बन्ध विस्तार भएका विदेशी शहरको फुटबल टिमलाई पोखरा उतार्ने लक्ष्य समेत क्लबले राखेको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य प्रायोजक हिम श्री फुड्स प्रालिले निरन्तरता दिदैं आएको छ ।
एकेडेमीको लागि देउसी भैलो खेल्दै आएको सहारा क्लब पोखराले पहिलो पटक च्यारिटी डिनर मार्फत १७ लाख रुपैयाँ बचत गरेको छ । ३० जना बाल खेलाडीको भरणपोषणसहित शिक्षादिक्षाको लागि क्लबले वर्षेनी देउसी भैलो कार्यक्रम गर्दै आर्थिक जुटाउँदै आएको थियो । पहिलो पटक गत कार्तिक १४ गते आयोजित च्यारिटी डिनर मार्फत १७ लाख रुपैयाँ जुटाएको क्लबले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गरायो ।
च्यारिटी डिनरमा क्लबले २४ लाख, १९ हजार १ सय ७७ रुपैयाँ आम्दानी गरेको थियो । डिनर टिकट मार्फत १० लाख ८७ हजार ५ सय रुपैयाँ जुटाएको थियो । विभिन्न संघसंस्थाबाट १० लाख ८९ हजार ६७७ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको क्लबले जनाएको छ । त्यस्तै दुई लाख ४२ हजार रुपैयाँ उठ्न बाँकी रहेको देखाइएको छ । क्लबले उठ्न बाँकसहित १७ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । च्यारिटी डिनरमा हिमश्री फुड्स प्रालिकी कार्यकारी अध्यक्ष प्रेमकुमारी केसीले १ लाख ५१ ह्जार, निर्देशक प्रकाश केसीले १ लाख २५ हजार, सहारा युकेबाट एक लाख, सहारा क्लबका मानार्थ सदस्य दिलिपकुमार गुरुङबाट ५१ हजार, क्लबका साधारण सदस्य चन्द्रबहादुर गुरुङबाट ५१ हजार, क्लबका सहकोषाध्यष विष्णु गुरुङले ५० हजार लगायत विभिन्न व्यक्तित्वले आर्थिक सहयोग गरेको क्लबले जनाएको छ ।

पोखरा- ६ वर्षपछि पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना हुदैं छ । आगामी जनवरी २९ (माघ १५ गते)देखि पोखरामा यु १९ साफ महिला फुटबल च्याम्पियनसिप हुने तयभएको छ । आयोजनाको पूर्वसन्ध्यामा अखिल नेपाल फुटबल संघ(एन्फा) र साफ महासचिवसहितको टोलीले…
पोखरा-दुईदिनपछि पोखरा रंगशाला क्रिकेट मैदानमा पोखरामा हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता हुदैै छ । मंसिरको २५ देखि पुषको ६ गते सम्म पा ुहुने छ । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका…