
पोखरा- पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ भएको लिगचरणको ७ खेल सम्पन्न हुँदा सेमिफाइनलमा प्रवेश गर्ने तीन टोलीको टुङ्गो लागेको छ ।७ समूहको सहभागिता रहेको पुरुषतर्फको खेल रोमाञ्चक बन्दा सेमिफाइनलको समिकरण भने पूरा भएको छैन । पोल ‘ए’ मा रहेको बोहोराफाट समाज जापान ६ अङ्कसहित शीर्ष स्थानमा रहँदै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोल ‘ए’ मा नै रहेको ठकुरी समाज ५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । एक खेल खेल्न बाँकी रहेको पोखरा युनाइटेडको ३ अङ्क छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र भने अङ्कविहिन हुदै प्रतियोगिताबाट बाहिरिएको छ । बोहोराफाटले एक खेल खेल्न बाँकी छ ।पोल ‘बी’ मा रहेका एपिएफ पोखरा र एनवाईसी गलकोट बागलुङ समान ६÷६ अङ्कसहित सेमिफाइनलमा स्थान पक्का गरेपनि समूह विजेता र समूह उपविजेता लागि भएको खेल लाइट प्रोस्टेटका कारण खेल स्थगित भयो ।
लिगचरणको पाचौं खेलमा पोखरा युनाइटेडले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पोखरा युनाइटेडले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५–२३,२५–१८ र २५–१५ ले पराजित ग¥यो ।छैठौं खेलमा बोहोराफाट समाज जापानले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । बोहोराफाटले पोखरालाई २५–१८, २५–१६र २५–२३ ले पराजित ग¥यो । आज नै भएको लिगचरणको तेस्रो खेलमा ठकुरी समाज तनहुँले पोखरा युनाइटेडलाई ३–२ को सेटमा पराजित ग¥यो ।
सातौ खेलमा ठकुरी समाजले पहिलो सेट २५–२३ ले जितेपनि दोस्रो सेट २३–२५ र तेस्रो सेट २२–२५ ले गुमायो । चौथो सेट २५–२० ले उत्कृष्ट पूनरागमन गरेको ठकुरी समाजले पाँचौ तथा निर्णायक सेट २२–२० ले जित्यो । पराजित भएको पोखरा युनाइटेडले ठकुरी समाजबाट एक अङ्क खोज्न भने सफल भयो । आज नै भएको लिगचरणको आठौ खेल एपिएफ पोखरा र एनवाईसी गलकोट बागलुङ बीचको खेल भने, लाइट प्रोस्टेटका कारण स्थगित भएको छ । दुवै टिमले २÷२ सेट आफ्नो पक्षमा पारेपछि खेल लाइट प्रोस्टेटका कारण स्थगित भएको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…