
पोखरा-पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधिको लागि बोहोराफाँट समाज जापान गलकोट र एनवाईसी गलकोट भिड्ने भएका छन् ।
पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट छन्त्याल समाजमा पुरुषतर्फ भएको सेमिफाइनल खेलमा बोहोराफाँट समाज जापान र नरेठाँटी युवा क्लब विजयी हुँदै उपाधिका लागि भिड्ने पक्का भएको हो ।
शनिबार भएको पहिलो सेमिफाइनलमा बोहोराफाँट समाज जापान गलकोटले एपिएफ पोखरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।
बोहोराफाँट गलकोटले एपिएफ पोखरालाई २५–२०, २५–२० र २६–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनलमा नरेठाटी युवा क्लब गलकोटले ठकुरी समाज तनहुँलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
गलकोटले तनहुँलाई २५–२२, २५–१८ र २५–१३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-भोलिदेखि गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुदैं छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहनेछ। प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको…