
पोखरा-लेखनाथ क्योकुशिन(कान कराते डोजो र लेखनाथ डोजो मुआथाई क्लबको आयोजनामा लेखनाथ रंगशाला भण्डारढिकमा सम्पन्न पाँचौ लेखनाथ कप तथा दशौँ कास्की जिल्लास्तरीय क्योकुशिन(कान जुनियर फुल कन्ट्याक्ट कराते तथा मुआथाई प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ९ कास्य सहित लेखनाथ पावरहाउस डोजो टिम च्याम्पियन बनेको छ ।
छात्र र छात्रा तर्फ ७र७ तौल समुह गरि कुल १४ तौल समुहमा विभिन्न १५ डोजोका १५० जना खेलाडीको सहभागिता रहेको प्रतियोगितामा ४ स्वर्ण,३ रजत र ७ कास्य सहित बागमारा डोजो दोस्रो हुँदा २ स्वर्ण, ६ रजत र ४ कास्य सहित लेखनाथ रंगशाला डोजो भण्डारढिक तेस्रो बन्यो ।
प्रतियोगितामा तौल गत छात्र २५ के।जी मा आवास नेपाली प्रथम,अनिस चौधरी दोस्रो , प्रशन तिवारी र निश्चल अधिकारी तेस्रो बने । छात्र ३० केजी मा सुजल कुमाल प्रथम, विशेष तामाङ दोस्रो, अविनास सुनार र अपिल कुमाल तेस्रो बने । छात्र ३५ केजी मा अनमोल गुरुङ प्रथम, प्रवेश श्रेष्ठ दोस्रो, सुर्य सुनार र अनन क्षेत्री तेस्रो बने । छात्र ४० केजी तर्फ रायन नेपाली प्रथम, आयुष खवास दोस्रो, विशेष गुरुङ र सन्दिप मगर तेस्रो बने । छात्र ४५ केजी मा सयम कुमाल प्रथम, सचिन सुनार दोस्रो, शिशिर बि।क र सार्इमन थापा तेस्रो बने । छात्र ५० केजी तर्फ कुशल तिवारी प्रथम, सविन सुनार दोस्रो, सोहन ठेडी मगर र कुशल तिवारी कालिका तेस्रो बने । छात्र ५५ केजी तर्फ रिजन थापा मगर प्रथम, बसन्त बि।क दोस्रो, रितेस बस्नेत र ओमराज गुरुङ तेस्रो बने ।
छात्रा तर्फ २५ के।जी तौल समुहमा आर्या थापा मगर प्रथम, सुबिना थापा दोस्रो, जोनोशा सिंह र जिया थापा तेस्रो बने । छात्रा तर्फ ३० के।जी तौल समुहमा साङ्छु तामाङ प्रथम, र्इरुपा थापा दोस्रो, नज्योसा सिंह र अका गुरुङ तेस्रो बने । छात्रा तर्फ ३५ के।जी तौल समुहमाआयुषा थापा मगर प्रथम, सुप्रिया थापा मगर दोस्रो, हुमी बुढा मगर र प्रकृति तिवारी तेस्रो बने । छात्रा तर्फ ४० के।जी तौल समुहमा आकाङ्क्षा नेपाली प्रथम, समृति सुवेदी दोस्रो, एस्लिन सुनार र सजिना गगर तेस्रो बने । छात्रा तर्फ ४५ के।जी तौल समुहमा ध्वज कुमारी नेपाली प्रथम, तृप्ति चापागाँइ दोस्रो, सन्ध्या श्रिस मगर र रोजिना सुनार तेस्रो बने ।छात्रा ५० केजी तर्फ करुणा गुरुङ प्रथम,आरोही सुनार दोस्रो, सन्ध्या श्रीस मगर र अंशु अधिकारी तेस्रो भए । ।छात्रा ५५ केजी तर्फ समृद्धि तिमिल्सेना प्रथम,प्रिन्स्मा नेपाली दोस्रो, आयुषी सुनार र सुप्रिया लामा तेस्रो भए ।
टुटुङ्गा डोजोका हुमी बुढा मगर र पार्थ सुनार छात्र र छात्रा तर्फका उत्कृष्ट खेलाडी घोषित भए ।
जुनियर मुआथार्इ तर्फ १० वर्ष मुनी पचभैया मुआथाई क्लबका डियर थापा मगर प्रथम र लेखनाथ डोजो मुआथाई क्लबका क्रिशभ गुरुङ दोस्रो भए । छात्र १४ वर्ष मुनी लेखनाथ डोजो मुआथाई क्लबका प्रज्वल थापा मगरले लेखनाथ डोजो मुआथाई क्लबकै एलेक्स गुरुङलाई हराउदै च्याम्पियन भए । छात्र १६ वर्ष मुनी लेखनाथ डोजो मुआथाई क्लबका अनुप गोतामे ले पचभैया मुआथाई क्लबका आर्यन थापा लाई दोस्रो राउण्डमा मिडल सल्याप किक प्रहार गर्दै नकआउट गर्दै च्याम्पियन भए । छात्र १७ वर्ष उमेर समुहमा लेखनाथ डोजो मुआथाई क्लबका सबिन सुनारले लेखनाथ डोजो मुआथाई क्लबकै सिद्धार्थ हमाल लार्इ तेस्रो राउण्डमा नकआउट आधारमा हराउँदै च्याम्पियन भए ।
विजेता खेलाडीहरुलार्इ पोखरा महानगरपालिका वडा नं। २९ का अध्यक्ष श्री प्रसाद गुरुङ, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, नेपाल क्योकुशिन (कान कराते संघका अध्यक्ष तथा ब्राञ्च चिफ लक्ष्मण कुंवर, केन्द्रिय प्रशिक्षक तथा मुख्य जुरी धन बहादुर तामाङ, लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङ, समाजसेवी तथा पोखरा २९ का निवर्तमान वडा अध्यक्ष चेत बहादुर गुरुङ, संघका सल्लाहकार तथा उप(प्रायोजक सोवित थापा, पुर्व खेलाडी नबिन मल्ल ,पुर्व खेलाडी बिक्रम लामा, मुआथाई सल्लाहकार देवेन्द्र सुवेदी , लेखनाथ डोजो प्रमुख सुवास खड्का लगायतले खेलाडीहरुलाई ट्रफी , मेडल र प्रमाण(पत्र सहित पुरस्कृत गरेका थिए ।


कास्की –आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल…
पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा…