
पोखरा- ६ वर्षपछि पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना हुदैं छ । आगामी जनवरी २९ (माघ १५ गते)देखि पोखरामा यु १९ साफ महिला फुटबल च्याम्पियनसिप हुने तयभएको छ ।
आयोजनाको पूर्वसन्ध्यामा अखिल नेपाल फुटबल संघ(एन्फा) र साफ महासचिवसहितको टोलीले भौतिक पूर्वाधारको अवलोकन गरेको । एकमहिना भन्दा पनि कम समय रहेको च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल संघ(एन्फा) र साफ प्रतिनिधिको टोलीले पोखरा रंगशाला फुटबल मैदानसहितको भौतिक पूर्वाधारको अवलोकन गरी सुधार गर्न सम्बन्धीत निकायलाई निर्देश गरेको छ ।
पोखरामा अखिल नेपाल फुटबल संघ(एन्फा)को पहिलो अफिसियल प्रतियोगिता हुने एन्फाले जनाएको छ । पोखरामा २०७६ मंसिरमा १३ औं दक्षिण एशियाली फुटबल प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । पोखरामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्दै सुस्ताएको फुटबलमा फेरी रौनकता आउने विश्वास गरिएको फुटबल प्रेमीले गरेका छन् । च्याम्पियनसिप लगत्तै पोखरामा मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकप आयोजना हुने छ ।
“मैदान, चेन्जिङ एवं डे«सिङ रुममा फर्निसिङ गर्नुपर्ने खाँचो छ ।” भौतिक पूर्वाधार अवलोकनपछि साफ महासचिव पुरुषोत्तम कट्टेलले भन्नुभयो—“आवश्यक पूर्वाधारको लागि ध्यान दिन जरुरी छ ।” उहाँले साउथ एशियाका फुटबलको विकास गर्नुपर्ने जोड दिनुभयो । “फुटबल आयोजना गर्ने बित्तिकै बंगलादेशको ढाकामा मात्रै, पाकिस्तानको लाहोरमा मात्रै भारतको दिल्लीमा श्रीलंकाको कोलम्बोमा मात्रै र नेपालको काठमाडौंमा मात्रै हुुनुपर्छ भन्ने होईन ।” उहाँले भन्नुभयो—“साउथ एशिया भरी नै फुटबल हुनुपर्छ भन्ने अवधारणा अनुसार केन्द्रभन्दा बाहिर लैजानुपर्छ भन्ने सोचाईले पोखरामा आयोजना गर्ने निर्णय अनुसार यहाँ आएका हौं ।”
एन्फाका महासचिव किरण राईले एन्फाको मैदान मर्मत सम्भार जिल्ला खेलकुद विकास समिति मार्फत र चेन्जिङ रुमको फर्निसिङको लागि पोखरा महानगरपालिकासँग समन्वय गरिने बताउनुभयो । “फुटबलको विकासमा स्थानीय सरकारलाई पनि समावेश गर्नुपर्ने खाँचो छ ।” एन्फा महासचिव किरण राईले भन्नुभयो—“पोखरा भ्रमण वर्षको घोषणा भएको छ । यो अन्तर्राष्ट्रियरुतको प्रतियोगिता भएकोले महानगर जोडिनुपर्छ । त्यसैले पनि पोखरा महानगरपालिकाले आवश्यक सहयोग गर्छ भन्ने आशा छ ।” उहाँले स्थानीय सरकारलाई खेलकुदमा लगानीको लागि जोडिनुपर्ने सुझाव दिनुभयो ।
एन्फाको पोखरामा पहिलो आधिकारीक प्रतियोगिता भएको उल्लेख गर्दै अब पोखरामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । “पोखरामा यो अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रस्थान विन्दु भएकोले आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगिताले निन्तरता पाउँछ किन भन्दा काठमाडौंले अन्तर्राष्ट्रिय प्रतियोगिताको भार थेग्न सक्दैन् ।” उहाँको भनाई थियो ।
एन्फा महासचिव राईले पोखरालाई अन्तर्राष्ट्रियस्तर मापदण्ड पुरा गर्नुपर्ने दुईकुरा फ्लड लाईट र स्कोर बोर्ड भएको उल्लेख गर्नुभयो । “पोखरामा फ्लड लाईट र स्कोर बोर्ड जडान हुनुपर्छ ।” उहाँले भन्नुभयो—“लाईट र बोर्ड एन्फाले राख्न सक्दैन् । ठूलो बजेट भएको कारण सरकारले नै लगानी गरिदिनुपर्छ । सरकारले लगानी नगर्दासम्म पोखरामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न कठिनाई हुन्छ ।” कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताले पोखरालाई खेलकुदको शहरमात्रै नभई फुटबल विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो । पोखरा रंगशाला फुटबल मैदान १६ हजार ५ सय दर्शक क्षमता छ । २०७५ सालको पाmगुनमा शिलान्यास गरिएको पोखरा फुटबल मैदान, प्यारापिट र ट्रयाक निर्माण गर्न १ अर्ब २८ करोड खर्च गरिएको छ ।


कास्की –आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल…
पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा…