
पोखरा-दौडिन्छ नवलपुर भन्ने नारासहित पहिलो पटक नवलपुरमा आलोक स्मृति राष्ट्रिय खुल्ला म्याराथन प्रतियोगिता हुदैं छ । यही पुस १२ गते जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा पहिलो पटक म्याराथन प्रतियोगिता हुने छ । प्रदेश खेलकुद परिषद गण्डकीले प्रवद्र्धन गरेको छ ।
१० किलोमिटर पुरुष र ५ किलोमिटर महिला समेत दौडिन्छ नवलपुरमा समावेश गरिएको छ । नवलपुर जिल्ला खेलकुद विकास समितिका सचिव निरज गौतमका अनुसार आलोक चक्रपथमा हुने म्याराथनमा सातै प्रदेश र तीन विभागीय क्लबका धावकहरुले सहभागिता जनाउने पाउने छन् ।
आलोक चक्रपथ कालोपत्रे गर्ने एवं नवलपुरको पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित जिल्ला खेलकुद विकास समितिले पहिलो पटक म्याराथन आयोजना गर्ने जमर्को गरेको हो । मगर, गुरुङ, बोटे थारु समुदायको सँस्कृतिको झल्को समेत म्याराथन धावकले देख्न पाउने समितिका सचिव गौतमले जानकारी दिनुभयो ।
प्रवद्र्धकको भूमिकामा रहेको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माका अनुसार म्याराथन प्रतियोगिता मार्फत पर्यपर्यटनको संरक्षण र सँस्कृति देखाउने योजना रहेको छ । “दुई नगरपालिका र एक गाविसलाई म्याराथनले छुन्छ । त्यस ठाँउको सँस्कृति धावकले प्रत्यक्ष देख्न पाउने छन् । नारायणीको तटिय क्षेत्रमा दौडिने छन् ।” उहाँको भनाई थियो ।
म्याराथन कावासोती क्रिकेट रंगशालाबाट शुरु हुने छ । कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र हुप्सिकोट गाउँपालिकालाई म्याराथनको रुटले छुने छ । कावासोती, डण्डा, मध्यविन्दुको चोरमारा बजार, नारायणीको किनार हुदैं धावक दौडिने समितिका सचिव गौतमले जानकारी दिनुभयो।
म्याराथन विजेताले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने समितिले उल्लेख गरेको छ । उपविजेताले ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ तथा चौथो र पाँचौ हुने धावकलाई भने नगद ५ हजार सान्त्वन स्वरुप प्रदान गरिने छ । गण्डकी प्रदेशमा आयोजना हुने यो दोस्रो म्याराथन हो । प्रदेश राजधानी पोखरामा आगामी फागुनमा पोखरा म्याराथन आयोजना हुने छ । जुन आयोजना दुई दशकभन्दा बढी समय भईसकेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-भोलिदेखि गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुदैं छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहनेछ। प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको…