
पोखरा-राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि उचालेको छ ।
दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ‘बि’ लाई १–० ले हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।
रामघाटले शनिबार नै भएको सेमीफाइनलमा न्यु स्टार एलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने न्युस्टार बिले खेम माइला मेमोरियललाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । उपाधिसंगै रामघाटले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको न्युस्टार बिले ५० हजार रुपैयाँ प्राप्त ग¥यो ।
पुस १ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको थियो । दोभान क्लबले स्थापनाकाल देखी खेलकुद संगै विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष सुजन श्रेष्ठले बताए । पालिकामा क्रियाशिल क्लबले हरेक वर्ष विभिन्न खेल गतिविधि सञ्चालनसंगै युवा जागरुगका कार्यक्रम गर्दै आएको उनले बताए ।
फाइनल खेलको उद्घाटन गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव खगराज अधिकारीले गरेका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी रामघाटका सुमित श्रेष्ठ घोषित भए । उनले ट्रफी प्राप्त गरे ।


कास्की –आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल…
पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा…