
लामाचौर(गोस्ते) फुटबल मैदान ।
पोखरा-माघ १५ गते साफ यु १९ महिला च्याम्पियनसिप पोखरा आयोजना गर्ने मिति तय भएसँगै कास्की जिल्ला फुटबल संघले प्रशिक्षणको लागि लामाचौर खेल मैदान गोस्तेको मर्मत सम्भार शुरु गरेको छ । च्याम्पियनसिपमा सहभागि टोलीलाई प्रशिक्षणको लागि अत्यावश्यक फुटबल मैदानको लागि लामाचौर खेल मैदानलाई अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा साफको टोलीले निरिक्षण गरेपछि मर्मत सम्भार गर्नुपर्ने सुझाव दिएको थियो । सुझावसँगै कास्की जिल्ला फुटबल संघले प्रशिक्षणको लागि मैदान मर्मत सम्भारको काम शुरु गरेको छ । मैदानसँगै चेन्जिङ रुम बनाउने योजना समेत कास्की जिल्ला फुटबल संघले बनाएको छ ।
“लामाचौर खेल मैदान मर्मत सम्भार गर्ने काम शुरु भईसकेको छ । हामीले अब माटो खोज्दैं छौं । प्राविधिक आईसकेपछि कस्तो माटो र कति टिप चाहिन्छ त्यो झारेर प्रशिक्षण मैदान तयार गर्ने छौं ।” कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले भन्नुभयो । उहाँका अनुसार फुटबल मैदान मर्मत सम्भारको लागि पोखरा महानगरपालिका वडा नं १९ तथा स्थानीय संघसंस्थाले पनि अपनत्व लिएर बनाउनुपर्नेमा जोड दिनुभयो ।
साफ च्याम्पियनसिप हुने मिति नजिकिदैं गएपनि पोखरा रंगशाला फुटबल मैदानको मर्मत सम्भारको काम भने शुरु भईसकेको छैन् । झण्डै एक महिनाको समय बाँकी छ । एकमहिनाभित्र मैदान, खेलाडी चेन्जिङ तथा ड्रेसिङ रुम, प्लेयर बक्स लगायतका काम गर्नुपर्ने खाँचो छ । ती पूर्वाधारको लागि अखिल नेपाल फुटबल संघले प्रदेश फुटबल संघ गण्डकीलाई परिपत्र गर्दै जिम्मेवारी दिएको छ ।
साफ च्याम्पियनसिपको तयारीकै पूर्व सन्ध्यामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको टोलीले पोखरा रंगशालामा विभिन्न खेल संघसँग सात्क्षाकार गरेको छ । पोखरा महानगर खेलकुद विकास समितिको संयोजनमा गरिएको छलफलमा पोखरा महानगर प्रमुख आचार्यले पर्यटकीय राजधानी पोखरालाई भ्रमण वर्ष घोषणासँगै खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यटन प्रवद्र्धनको लागि जुनसुकै खेल होस त्यसको लागि महानगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले पोखरा रंगशालाभित्र भौतिक पूर्वाधार एवं लगानी गर्न सरकारी ऐन नियम नै बाधक बन्ने गरेको उल्लेख गर्दै लगानी गर्यो कि महालेखाले पत्र काटेर समस्या बनाउने दावी गर्नुभयो । “हामी लगानी गर्छौ । महालेखाले अन्यत्र ठाँउमा लगानी गर्यो की पत्र काटिहाल्छ । यो हुदैन् भनेर । यो वर्ष हामीले रंगशालाभित्र ५० लाख रुपैयाँ पार्किङको लागि विनियोजन गरेका छौं । हेरौं महालेखाले पत्र काट्छ कि काट्दैन् ।”उहाँको भनाई थियो ।
कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरेन्द्रजंग गुरुङले यतउता सार्ने र लैजान मिल्ने मुभएबल प्लेयर बक्स निर्माण गर्नुपर्ने महानगर प्रमुख आचार्य समक्ष माग राख्नुभयो । उहाँले आउटलाईनरको एकदुई मिटर पछाडि प्लेयर बक्स राख्नुपर्ने बताउनुभयो । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले पोखरामा हुने अन्तर्राष्ट्रियस्तरको प्रतियोगितालाई सबै खेल संघहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।


कास्की –आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल…
पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा…