
पोखरा-आगामी माघ ९ गतेदेखि पोखरामा छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ शुरु हुदैं छ । पोखरालाई भ्रमण वर्ष घोषणा गरेसँगै खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित टाईगर ग्रुप अफ पोखरा नेपालले अन्तर्राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने अन्तिम तयारीमा जुटेको छ । प्रतियोगितामा भारत र माल्दिभ्सबाट पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल रेफ्रीको सहभागिता रहने छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले मंगलबार आयोजित पत्रकार सम्मेलनमा छैटौं संस्करणमा महिला तथा पुरुषको एक एक टोली थपिएको जानकारी दिनुभयो । पाँचौ संस्करणसम्म महिला ६ र पुरुष ६ टोलीले प्रतिस्पर्धा गर्दै आएका थिए । भलिबल प्रतियोगितामा दुई थाईल्याण्डी क्लब आउने निश्चित भईसकेको उहाँले बताउनुभयो ।
महिला तर्फ युनाईटेड प्यासन क्लब थाईल्याण्ड, थाईल्याण्ड क्वीन्सको सहभागिता रहने छ । विदेशी दुईसहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, नेपाल आर्मी क्लब, टिप टप न्यु डायण्ड युथ स्पोर्टस क्लब, एभरेष्ट भलिबल क्लब रुपन्देहीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, नेपाल आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एशोसियसन माल्दिभ्स र गुजरात भलिबल क्लब भारतको सहभागिता रहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

पुरस्रकार राशीमा समेत बृद्धि गरिएको छ । अध्यक्ष शर्माका अनुसार विजेता महिला तथा पुरुष टोलीले ट्रफीसहित नगद ६ लाख ६६ हजार ६६६ रुपैयाा प्राप्त गर्ने छन् । उपविजेता टोली दुवैले ३ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टोलीले भने १ लाख ६६ हजार ६६६ रुपैयाँ पाउने छन् । यसै गरी सर्वोत्कृष्ट खेलाडीलाई नगद २६ हजार ६६६ रुपैयाँ प्रदान गरिने छ । विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीलाई समान नगद ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
पाचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो । छैटौ सस्करणको प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको खेल मैदान सञ्चालन हुनेछ । प्रतियोगिताको लागि एक करोड ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।पत्रकार सम्मेलनमा ग्रुपले पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार लगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो ।


कास्की –आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल…
पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा…