
काठमाडौं-नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यही पुस २३ गते हुने देशको प्रतिष्ठित खेलकुद अवार्ड कार्यक्रम एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०८१ लाई पोखराको हिमश्री फुड्स प्रालिको रारा चाउचाउले साथ दिएको छ।
काठमाडौं बाहिर पहिलो पटक आयोजना हुन लागेको अवार्डमा पोखरा महानगरपालिका प्रवर्धक रहेको छ। जसमा पोखरामा उद्योगीहरुले साथ दिने क्रममा हिम श्री फुड्स पनि जोडिएको हो।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र प्रवन्ध निर्देशक प्रकाश केसीले अवार्ड सहकार्य सम्वन्धि संझौता पत्रमा हस्ताक्षर गरेका छन् ।
हिम श्री फुडको रारा चाउचाउ सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा गोल्डकप फुटबलको २५ वर्ष देखि निरन्तरको प्रमुख प्रायोजक हो। नेपालमा एउटै संस्था संग यति लामो प्रायोजन सहकार्य भएको यो पहिलो प्रायोजक संस्था पनि हो। नेपाल खेलकुद पत्रकार मञ्चले स्पोर्टस अवार्डसंगै एनएसजेएफ स्पोर्ट्स समिटको पनि आयोजना गर्दैछ। उक्त समिट अवार्डको अघिल्लो दिन पुस २२ गते हुनेछ।
अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् । एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०८१ मा विगतमा जस्तै १० विधामा अवार्ड प्रदान गरिनेछ ।
खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ। मनोनयनमा परेका खेलाडी विजय सिन्जाली ९उसु०, इभाना थापा ९टेबलटेनिस०, हिमाल सुनारी ९भलिबल०, पूजा महतो ९क्रिकेट० र रेखा पौडेल ९फुटबल० का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ पनि भइरहेको छ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था सहसंयोजकत्वमा स्पोर्ट्स अवार्डको मूल आयोजक समिति गठन गरिएको छ।


कास्की –आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल…
पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा…