
पोखरा-कास्की जिल्ला फुटबल संघलाई शनिबार १८ वटा फुटबल हस्तान्तरण गरिएको छ । पोखरा १३ बाझापाटन निवासी हाल युकेमा रहेका प्रेम गुरुङ र बुद्ध गुरुङले कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष स एवं कास्की जिल्ला फुटबल संघ एकेडेमीका संयोजक समेत रहेका नरेन्द्रजंग गुरुङलाई १८ वटा बल हस्तान्रण गरेका छन् ।
हस्तान्तरित बल एकेडेमीको लागि प्रयोग गरिने संघले जनाएको छ । सहयोगी गुरुङ दाजुभाइ कास्की जिल्ला फुटबल संघको कोषाध्यक्ष हितमान गुरुङ सहोदर दाजु हुन् ।
सहयोग स्वरुप प्राप्तभएको बल पोखरा रंगशालामा सञ्चालित फुटबल एकेडेमीको लागि प्रयोग गरिने संघका उपाध्यक्ष गुरुङले जानकारी दिए । सहयोग समारोहमा कास्की जिल्ला फुटबल संघमा आवद्ध पदाधिकारी तथा प्रशिक्षकको समेत सहभागिता रहेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…