
पोखरा-पोखरा–१४ मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगित हुने भएको छ । मनोहर युवा क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्ने छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष शैलेस बानियाँले जानकारी दिए । प्रतियोगितामा विजेता हुने टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टोलीलाई समान २० हजार प्रदान गरिने आयोजकले जनाएको छ । एक टिममा धेरैमा तीन राष्ट्रिय खेलाडी राख्न पाउने अध्यक्ष बाँनियाँले बताए ।
भलिबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताका सबै खेल हेर्नका लागि दर्शकलाई निशुल्क गरिएको छ । भलिबल खेललाई प्रोत्साहन गर्दै स्थानिय युवाहरूलाई खेलकुदमा संलग्न गराउने उद्देश्य राखिएको क्लबले जनाएको छ । प्रतियोगिताले समुदायमा खेलकुदप्रति उत्साह र एकता बढाउने अपेक्षा क्लबको छ । प्रतियोगिताबाट बचेको रकमले मनोहर व्यायामशाला निर्माण गर्ने र आगामी दिनमा खेलकुद क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न मूल समारोह समिति र विभिन्न उपसमितिहरू गरिएका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…