
पोखरा-पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा नवज्योति क्लब र पकुवा भलिबल क्लबले जित निकालेका छन् ।
बुधबार भएको पहिलो खेलमा नवज्योतिले मादी–७ माथि रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–२० र दोस्रो सेट ३३–३१ ले जित निकालेको नवज्योतिले तेस्रो र चौथो सेट मादीलाई सुम्पियो । मादीले तेस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले पुनरागमन ग¥यो । पाँचौ सेटमा १५–१२ ले जित निकाल्दै नवज्योति अर्काे चरणमा प्रवेश गर्न सफल भयो ।
आजको दोस्रो खेलमा पकुवाले आयोजक महोनर क्लबको ‘बी’ टिममाथि सोझो सेटको जित निकाल्यो । पकुवाले पहिलो सेट २५–७, दोस्रो सेट २५–६ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो । प्रतियोगिताअन्तर्गत भोलि ३ खेल हुनेछन् । भोलिको पहिलो खेल बिहान ८ बजे नवज्योति क्लब र एपीएफ पोखराबिच हुनेछ । त्यसपछि पोखरा युनाइटेड र पोखरा भलिबल टे«निङ सेन्टरबिच खेल हुने तालिका छ ।
माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ ।सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…