
पोखरा-पोखरामा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा–१४ मनकामना टोलको खेल मैदानमा भईरहेको प्रतियोगितामा नवज्योति क्लब र पोखरा युनाइटेड क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
नवज्योति क्लबले एपिएफ पोखरामाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो । पहिलो सेट २५–२३ ले जितेको एपिएफ पोखराले दोस्रो सेट २२–२५ ले नवज्योतिलाई सुम्पियो । तेस्रो सेटमा पुनः २५–१८ ले जित निकाल्दा एपिएफ पोखराले चौथो सेट १७–२५ ले नवज्योतिलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा १६–१४ को रोमाञ्चक जित निकाल्दै नवज्योतिले सेमिफाइनलको यात्रा तय ग¥यो ।
शुक्रबार भएको अर्को खेलमा पोखरा भलिबल टे«निङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखरा युनाइटेडले सेमिफाइनलमा स्थान बनायो । युनाइटेडले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले जित दर्ता ग¥यो । मनोहर युवा क्लब ‘ए’ र पकुवा भलिबलले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
प्रतियोगिताको पहिलो सेमिफाइनल आयोजक मनोहर क्लब र नवज्योति क्लबबिच भोलि बिहान ८ बजेबाट सुरु हुनेछ । त्यसपछि दोस्रो सेमिफाइनल पोखरा युनाइटेढ र पकुवा भलिबलबिच हुनेछ । माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ ।
सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…