
पोखरा-साविक विजेता कास्की ११ ले विभागीय टोली नेपाल प्रहरी गण्डकीसँग उदघाटन खेल्दै २६ औं संस्करणको आदर्श कप फटुबल प्रतियोगिताको शुरुवात गर्ने छ ।
आदर्श क्लब भण्डारढीकको आयोजनामा यही माघ ९ गतेदेखि शुरु हुने २६ औं संस्करणको आदर्श कप फटुबल प्रतियोगिताको अन्तिम तयारीमा रहँदा क्लबले खेल तालिका समेत सार्वजनिक गर्यो । खेल तालिका अनुसार आयोजक आदर्श क्लबले वालिङस्थित होराईन क्लबसँग खेल्ने छ ।
प्रतियोगितामा गन्नी एफसी पर्वत, तनहुँ जिल्ला फुटबल संघ, म्यादी जिल्ला खेलकुद विकास समिति म्याग्दी र सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीको मुख्यालयको टोली प्रतिस्पर्धा गर्ने छ । राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दै आएको क्लबले पछिल्लो समय प्रदेशस्तरीयमा खस्किएको छ । पुरस्कार राशी बृद्धि गरेपनि प्रतियोगिताको स्तरभने खस्कने क्रममा छ ।
प्रतियोगितालाई फष्ट च्वाईस फुड्स लिमिटेडले प्रायोजन गरेको छ । क्लबका कोषाध्यष एवं आर्थिक संयोजक विष्णु हमाल र मुख्यप्रायोजक फुड्स लिमिटेडका प्रमुख कृष्ण पौडेलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षरपछि लिमिटेडका प्रमुख पौडेलले आगामी वर्षदेखि आदर्श कप फुटबल प्रतियोगितालाई सहयोगको निरन्तरताको प्रतिबद्धता व्यक्त गरे ।
निरन्तरतामा हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकासमा हाम्रो दृढता भन्ने नारासहित शुरु हुने प्रतियोगिताको विजेतालाई नगद ४ लाख ९९ हजार ९९९ रुपैयाँ प्रदान गरिने छ । उपविजेताले नगद ३ लाख ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष एवं संयोजक पदम गुरुङले जानकारी दिए । सर्वोत्कृष्ठ खेलाडीलाई २५ हजार, विधागत तर्फ १५ हजार र म्यान अफ दि म्याच बन्न सफल खेलाडीलाई ५ हजार रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।
लेखनाथस्थित आदर्श हार्डवयरले सहप्रायोजन गरेको छ । लेखनाथ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष छत्रधर आत्रेयले प्रायोजकको भूमिका खेलेका छन् । प्रतियोगिताको लागि ६१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । क्लबको संरक्षक पोखरा महानगरपालिका वडा नं २९ रहेको छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…