
पोखरा-मुस्कान थापाको दोहोरो शतकीयपारीमा पोखरा क्रिकेट क्लबले गण्डकी क्रिकेट क्लबलाई दुईसय ३४ रनले पराजित गरेको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शनिबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा थापा प्रेरित पोखरा क्रिकेट क्लबले तीनसय ८ रनको विशाल लक्ष्य दिएको थियो । टस हारेर व्याटिङ रोजेको पोखराले ओपनर थापाको उत्कृष्ट व्याटिङ हेर्ने अवसर मिल्यो । थापाले १ सय २४ बलमा दुई सय २९ रन बनाए । उनको इनिङमा २४ चौका १४ छक्का स्कोर कार्डमा लेखियो ।
अर्का ओपनर अर्जुन बुढाथोकीले २३ रन जोड्न २९ बल खेले । एक चौका र एक छक्काको व्याटबाट निस्किएको थियो । अन्य व्याटर भने दोहोरो अंकको रनबाट चुके । अनिष पोखरेलले ७ ओभर फ्याँक्ने क्रममा ६१ रन खर्चिएर ४ विकेट लिए । दिक्सन अर्याल र सम्राट अधिकारीले समान दुई दुई विकेट लिए ।
विशाल लक्ष्य पछ्याएको गण्डकी क्रिकेट क्लबले ७५ रन जोड्दा सवै विकेट गुमाउन पुग्यो । गण्डकी क्रिकेट क्लबको पहिलो एकदिवसीय क्रिकेट अनुभव हो । अन्तराष्ट्रिय अनुभव सगाँलेका युवा बलर सुवास भण्डारीले ९ दशमलव ४ ओभरमा एक मेडन राख्दै ३३ रन दिएर ७ विकेट लिए । उनको बलिङ सामु गण्डकी क्रिकेट क्लबका व्याटर क्रिजमा जमेर रन बटुल्न सकेनन् । गण्डकीका लागि सुरज अधिकारीले २३ र सौरभ सुवेदीले २१ रन जोडे । अन्य व्याटर भने खुलेर खेल्न नसक्दा कमजोर स्कोरमा समेटिन पुग्यो । खेलमा पोखरा क्रिकेट क्लबका मुस्कान थापा प्लेयर अफ दि म्याच घोषित भए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…