
काठमाडौं-मित्र राष्ट्र भारतको सोनिपतमा आयोजना भएको ईन्डिया कप नेचुरल स्ट्रोङ्ग पावरलिफ्टिङ्ग मा नेपाललाई दुई स्वर्ण र तीन रजत सहित पाँच पदक प्राप्त भएको टिम लिडर एवं खेलाडी ज्ञानेन्द्र नकर्मीले दिल्लीबाट जानकारी गराएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व शारीरिक सुगठनका प्रशिक्षक समेत रहेका ज्ञानेन्द्रले जानकारी गराए अनुसार यहि माघ २ देखि ४ गते ९ जनवरी १६ देखि १८, २०२६० सम्म आयोजना भएको प्रतियोगितामा ज्ञानेन्द्र नकर्मीले मास्टर्स ५ तर्फको विधामा स्वर्ण पदक प्राप्त गरेका हुन् । यस्तै मास्टर्स ४ तर्फको विधामा विकास प्रधानले १ स्वर्ण र २ रजत तथा रोजीन नकर्मीले ७५ केजी सिनियर तर्फ रतज पदक प्राप्त गरेका हुन् ।
ज्ञानेन्द्र नकर्मी र रोजीन नकर्मी बाबु छोरा हुन् । नकर्मी बाबु छोराले विगतमा पनि ईन्डिया कपमा प्रतिस्पर्धा गर्दै नेपालका लागि पदक जोड्दै आईरहेका थिए । भारत पावरलिफ्टिङ्ग संघको निमन्त्रणमा माघ १ गते ज्ञानेन्द्रको नेतृत्वमा पाँच सदस्यीय टोली त्यस तर्फ प्रस्थान गरेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…