
पोखरा-टाईगर ग्रुप अफ नेपाल पोखराको आयोजनामा शुक्रबारदेखि शुरु हुने छैटौं एनसेल टाईगर कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको खेल तालिका अनुसार शुक्रबार विहान ११ बजे पहिलो खेल त्रिभुवन आर्मी क्लबले पाहुना टोली माल्दिभ्ससँग खेल्ने छ । आर्मीले पाहुना टोलीसँगै खेल्दै प्रतियोगिताको शुरु हुदाँ स्पष्ट जितको नजिता आत्मसात गर्ने गरी पोखरा रंगशाला भलिबल कोर्टमा उत्रिने छ ।
त्यसैगरी दिउँसो दुई बजे गण्डकीले अर्को विभागीय टोली सशस्त्र प्रहरी बलसँग प्रतिस्पर्धा गर्ने छ । महिला तर्फ टिपटन न्यु डायमण्डले त्रिभुवन आर्मीसँग खेल्दै शुरुवात गर्ने छ ।
महिला तर्फ थाईल्याण्ड क्वाीन्स थाईल्याण्डको सहभागिता रहेको छ । नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, नेपाल आर्मी क्लब, टिप टप न्यु डायण्ड युथ स्पोर्टस क्लबले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, नेपाल आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एशोसियसन माल्दिभ्सको टोलीले प्रतिस्पर्धा गर्ने छ ।
पुरस्रकार राशीमा समेत बृद्धि गरिएको छ । विजेता महिला तथा पुरुष टोलीले ट्रफीसहित नगद ६ लाख ६६ हजार ६६६ रुपैयाा प्राप्त गर्ने छन् । उपविजेता टोली दुवैले ३ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टोलीले भने १ लाख ६६ हजार ६६६ रुपैयाँ पाउने छन् ।
यसै गरी सर्वोत्कृष्ट खेलाडीलाई नगद २६ हजार ६६६ रुपैयाँ प्रदान गरिने छ । विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीलाई समान नगद ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
पाचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…