
पोखरा- टाईगर ग्रुफ अफ नेपाल पोखराको आयोजनामा आजदेखि पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा छैटौं संस्करणको एनसेल छैटौं टाईगर कप आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु हुदैं छ । विहान ११ बजेदेखि खेल हुने छ । उदघाटन गण्डकी प्रदेश भलिबल संघले विभागीय टोली सशस्त्र प्रहरी बलसँग प्रतिस्पर्धा गर्ने छ । महिला तर्फ टिपटन न्यु डायमण्डले त्रिभुवन आर्मीसँग खेल्दै शुरुवात गर्ने छ ।
विहान ११ बजे पहिलो खेल भने त्रिभुवन आर्मीले विदेशी टोली माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने छ । महिला तर्फ थाईल्याण्ड क्वाीन्स थाईल्याण्डको सहभागिता रहेको छ । नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, नेपाल आर्मी क्लब, टिप टप न्यु डायण्ड युथ स्पोर्टस क्लबले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, नेपाल आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एशोसियसन माल्दिभ्सको टोलीले प्रतिस्पर्धा गर्ने छ ।
एनसेलको मुख्य प्रायोजन रहेको प्रतियोगितामा विजेता महिला तथा पुरुष टोलीले ट्रफीसहित नगद ६ लाख ६६ हजार ६६६ रुपैयाा प्राप्त गर्ने छन् । उपविजेता टोली दुवैले ३ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टोलीले भने १ लाख ६६ हजार ६६६ रुपैयाँ पाउने छन् ।यसै गरी सर्वोत्कृष्ट खेलाडीलाई नगद २६ हजार ६६६ रुपैयाँ प्रदान गरिने छ । विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीलाई समान नगद ११ हजार ६६६ का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।
पाचौं टाइगर कप भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ एपिएफ क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।
तस्बिर फाईल


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…